डाक्टरहरु र नर्सहरु हाम्रो भगवान बनेछन्

डिगबहादूर तामाङ २०७७ वैशाख १ गते २०:५० मा प्रकाशित

 

डिग बहादूुर तामाङ्ग

बन्दे चिकित्सा, चिकित्सकहरु, रसायनविज्ञहरु, जीवाणुतत्वबेत्तहरु,तथा नर्सहरु आज आएर तिमीहरु भयौ सर्वलोककैको नाथम । एउटी चर्चित साहित्यकार श्रीमती बसधा नेपालले लेख्नु भएको थियो -सेतोपाटीमा “लकडाउनका कारण मन्दिरहरु बन्द भए, देवताहरु सेतो कोट लगाएर बिरामीहरुलाई औषधी उपचार गरि राखेका छन” उहाको विचार सत प्रतिशत साँचो हो । यदि हाम्रो शास्त्रमा उल्लेख गरिएको जस्तो भए आज आएर शान्तकाराम् भुजागए शयनाम पद्यमानाभम् सुरेसम् जुरुक्क उठेर आफनो बिराट रुप देखाएर यस्ता नाथे कोराना जीवाणुलाई फु गरेर शनिग्रहमा पु¥याइ दिन्थे होलान् । अथवा समुद्र मन्थन गर्ने शेषनागलाई टाउको पट्टि असुरहरु तिर पुच्छर पट्टि देवहरुलाई समाए मन्थन गर्ने पर्दैन थियो होला – कारण देवताहरु सर्वलोकै नाथमा भएको भए, शीवजी कैलाशबाट तुरुन्त आएर शेष नागको मुखबाट निस्केको कालकुट विषलाई निलेर निलकण्ठको रुप लिएको देवहरुको पनि देवा महादेव कता लुके होलान ?

बुद्धले भनेका थिए, यो संसारको निर्माण भगवानले गरेको होइन प्रकृतीले बनाएको हो भनेर आफनो भिच्छुहरुलाई । यदि ईसुमसिले मानिसहरुको निमित्त आफुलाई यहुदी हरुले शुली चढाएको भए किन आएर १३०० मा सिंगो यूरोपियन महादेशमा कालो प्लेग आएर पाँच करोडभन्दा बढि मानिसहरुको ज्यान लियो होलान ? उहाँले त नाथे मुसाबाट निस्केको जीवाणुलाई त केहि गर्न सकिएन भने मृत्यु शरीरलाई बिँउझाएर आफुसंगै स्वर्गलाने र स्वर्गको सपना देख्नेहरुले किन यथार्थलाई बुझन सकिएन । कथालाई यसरी बुझन सकिन्छ, जस्तै एकदेशका छोटे राजाले भन्यो रे, बिनाबाटो रेल गुडाउछु, बिना नहर पानी बगाउछु, बिना पाइप पकाउने ग्यास घरघरमा पु¥याँउछु भने जस्तै भएन र ? यो सम्भव खाली लाउने भन्ने देशमा मात्रै लागु होला होइन र ?

हो आध्यात्मिक बिचराधाराले मानिसहरुमा मनोबल बढाउछ, स्वास्थ्यकर भोजन र दैनिक ब्यायामले मानिसहरुलाई निरोगी बनाएर राख्छन्, निरोगी मानिसहरुलाई हत्तपत्त रोग लाग्दैन, झाँक्रिले फलाकनु पर्दैन, चेलिबेटीहरुलाई बोक्सीको आरोप पनि लाउनु पर्दैन । यसपालीको जीवाणु देखी मानिसहरु आश्चर्यमा परेका छन् मानिसले निर्माण गरेको हो वा कुनै दुषित खाध्य पदार्थहरुबाट आएको हो । यसको बारेमा भविष्यले बताउलान । आज विहानको वालस्ट्रिट जर्नलको रिपोर्ट अनुसार विश्वभरिमा १,८७ मिलियन मानिसहरु कोरोनाबाट संक्रमित भएका छन, भने एघार लाख साठी हजार मानिसहरुको ज्यान लिएको छ यस महामारीले । संयुक्त राज्य अमेरिकामा मात्रै रास्ट्रपतिको स्वास्थ्य टाष्क फोर्स मूख्य विदुर चिकित्सक आन्थोनि फौसिएका अनुसार अमेरिका भरिमा ५,५७,००० मासिहरु यो महारोगबाट संक्रमित भएर थाएिका छन् भने २२,००० जनाले मृत्युबरण गरि सकेका छन । गत शुक्रबार देखि बिरामीहरु अस्पतालमा आउने क्रम केहि घटेको जस्तो अनुमान लगाएका छन ।

अब आएर भविष्यमा हुने यस रोगले ल्याउने प्रभाव

संसारभरी आर्थिक मन्दि ल्याउने त अवश्य नै भै सकेको छ, यो रोगले गरेको सबैभन्दा खराब काम भनेको रोजगारीलाई घांटी समाएर हत्या गरेको छन् अमेरिकामा मात्रै १७ मिलियन मान्छेहरुले बेरोजगारी बाँच्ने भत्ताको लागि आबेदन गरेको छन, महिनामा चाहे नौ हजार कमाए पनि हप्ताको पाँच सय डलर भन्दा बढि नआउने । धेरै मानिसहरुले अनलाइनमा गएर फाराम सम्म भर्ना जानेको हुदैनन । सारा जुवा खेलाउने नर्तकीहरु नचाउने उद्योगहर एक महिनादेखि बन्द भएर बसेका छन् । एयरलाइन्सहरु, होटेलहरु बन्द भएर बसेका छन् चमेना गृहदेखि ठुला क्लबहरु बन्द भएका छन् अब आउने जुन महिनामा जस्लाई दोस्रो चौमासिक भन्ने गर्दछन् पाश्चत्यदेहरुमा जिडीपि कुल ग्राह्यस्थ उत्पादन घटेर कहाँ पुग्ने हो अन्तरास्ट्रिय मुद्राकोषले अप्रिलको दिनैमा भनि सकेका छन् । हाम्रो र अन्य देशहरु बाहिर देशमा उत्पादन सामानलाई निर्यात नगरि देशका युवाजनशक्तिलाई विदेश पठाएर आएको रेमिट्याँसलाई जिडीपिमा गाबेर नवराजकुमारहरुले मोज गर्ने दिन पनि समाप्त हुँदैछ । हरेक महामारीमा धन कमाउने राष्ट्र् भएर चिन्ने हाम्रो देशको नेताहरुले पनि आर्थिक उन्नतिमा प।रदर्शीता भएर सोच्ने दिन उदयमान होला नै ।

अब त्यो देशले बिकाश गर्न सकिन्छ, जस्ले आफनो देशको ढिकुटीमा बिदेशी मुद्राको संचय गरि राखेको छ जस्लाई मुद्राप्रदय पनि भनिन्छ । २०३० साल तिर देशका एउटा विदुर अर्थशास्त्री मन्त्रीले स्थानीय विकास घरजग्गा कर भनेर झापाको एउटा जिल्लामा पाईलट योजनाको रुपमा लागु गरेको थियो, सफल पार्न दिएनन् बिदेशीहरुको चालमा राजनीति गर्नेहरुले, त्यो भएको भए, भोली आउने अनिकाललाई समाधान गर्न सकिन्थ्यो । आफनो गाँउ फर्केर बिकास गर्नु पर्छ भनेर एउटा राजाले ल्याएको अभियानलाई“यो त फासिष्टको योजना हो” भनेर लात मार्नेहरुका नातीहरुले ईतिहासमा पढन पाउला देशको लागि को राम्रो थिए कि नराम्रो भनेर ।

हाम्री आमा विश्वविद्यालयकी डिग्री हासिल गरेकी थिइनन् , अडम स्मिथ भन्ने एउटा स्काटिकस अर्थशास्त्रको प्रतिपादकको नाम सम्म सुनेकी थिएनन् तर अर्कोसाल के होला भोकमारी पनि आउन सक्छ, माहामारी पनि आउन सक्छ भनेर, बाँन्द्रको भकारी बनाएर धान ,कोदोलाई संचित गरि राख्नु हुन्थ्यो र अर्कोसालको नयाँ बालीलाई घरमा हुलेपछि मात्रै पोहोर सालको भकारी खोल्नु हुन्थ्यो । गाँऊघरमा मानिसहरु बस्न छाडे शहरीकरण भै सके नत्र भोलिका दिनमा आउने भोकमारीले अधिकाँस नेपालीहरुलाई छुने थिएन ।

अन्त्यमा यसपालीको माहामारी ले मानिसहरुमा दया र कारुणीक भावनालाई जगाउने छ, देवतालाई होइन मानिसहरु बिचमा मैत्रीको भावनालाई जगाउने छ, पुराण लगाएर होइन सो रकमले प्रयोग शालाको निर्माण गर्नेछ । म ठुलो , त सानो, आफनै छोरीलाई मन्दीरमा पठाएर भगवानलाई चढार मन्दीरमा बस्ने परंपरालाई समाप्त पार्नेछ, मन्दीरको पेट बोकेर ती कन्यले जन्माएको नानीहरुलाई हरिजन नाम समाप्त पारेर नागरिकतामा बाउको नाम लेख्न पाउने छ, सबैको कल्याण होस, “सत्यमेव जायते”

प्रतिक्रिया