गजल-सन्दर्भ :- नयाँ बर्षको

शारदा क्षेत्री २०७७ वैशाख १ गते १६:५२ मा प्रकाशित

लाखौंलाख शुभकामना छरेर आउ नयाँ बर्ष !!
शान्तिको दुत बनेर सबैको आशा जगाउ नयाँ बर्ष !!

अशान्ति को महामारि त्रास फैलियो देशमा हरे !!
भिमको जस्तै सुरक्षा को कबच लगाउ.नयाँ बर्ष !!

शुभ शुभ होस् जताततै सबैमा शान्ति छाओंस्!!
भय हटाउदै डम-डम दमनगरा बजाउ नयाँ बर्ष !!

बज्दैनन् मठमन्दिर मा मृदुंगा मुजुरा खोल्दैन् ढोका!!
बन्द भएको छ खोलेर आरधना पूजा गराउ नयाँ बर्ष !!

लालि गुराँस ओईलाएर बनमा डाफे मुनाल रोएका छन् !!
शितलता छरेर नयाँ सन्देशको भाखा फिजाउ नयाँ बर्ष !!

सब‌ैमा आज २०७७ को शुभकामना शुभभावना बाड्द‌ै !!
उत्तरोत्तर प्रगति सु-स्वास्थ्य कामना दिर्घायु छाउ नयाँ बर्ष !!

 

प्रतिक्रिया