आज नयाँवर्षको दिन । विश्वनै मौन छ । जीवननै शुन्य छ । सुरक्षाका लागि सबै आआफ्नो घरमा कैद छन् । परिवारसँग २४ घण्टा रहनुको एउटा बेग्लै मजा होला । हामी सबै आज विश्व स्वास्थ्यको कामना गर्दैछौं । एकअर्काको सुरक्षाको कामना गर्दैछौ । यसरीनै सबैको सुरक्षाका लागि कलाकार मनिश श्रेष्ठले आठ मिनटको सूचनामूलक लघु चलचित्र निर्माण गरेका छन् । नाटकबाट अभिनय यात्राको थालनी गरेका मनिशले अभिनयसँगै चलचित्रका लेखक, निर्माता, निर्देशक भएर आफ्नो कलाप्रतिको मोहलाई निरन्तरता दिदै आएका छन् ।
बेलायतको लण्डनमा गोर्खा क्लब संचालन गर्दै आएका मानिशको आठ मिनटको अंग्रेजीमा सब टाईटल समेत राखेर नदेखिने शत्रु (अन्नोन ईनेमी) लघु चलचित्रको निर्माण गरेर युट्युबमा राखेका छन् । सराह्नीय एकल अभिनय रहेको यो लघु चलचित्र प्राविधिक दृष्टीकोणबाट पनि उत्कृष्ठ रहेको छ । (गोबिन्द रावत)
प्रतिक्रिया