अनेसास अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको सूचना

इनेप्लिज २०७६ चैत ३० गते १६:५९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विश्वब्यापी खुल्ला “अनेसास अन्तर्राष्ट्रिय कविता प्रतियोगिता”को आयोजना गर्ने जानकारी अनुरोध छ ।

विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको यस विषम परिस्थितिका कारण अनेसासले आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनहरु स्थगित गरेको अवस्थामा “अनेसास अनलाइन सम्वाद” कार्यक्रम पछि यो कविता प्रतियोगिताको आयोजनामार्फत सस्थालाई क्रियाशील राख्ने एउटा अर्को प्रयास हो ।

अत: यस “अनेसास अन्तर्राष्ट्रिय कविता प्रतियोगिता” मा भाग लिन देहाय वमोजिमको नियमानुसार रचना पठाउन अनुरोध गर्दछौं :

१. कविता नितान्त नयाँ र मौलिक समसामयिक विषयमा लेखिएको हुनु पर्नेछ ।

२. कविता टाइप गरेर इमेल मार्फत पठाउनु पर्नेछ ।

३. कविता बढिमा २०० शब्दको अप्रकाशित हुनुपर्नेछ ।

४. एकजना कविले एउटा मात्र कविता पठाउन सकिने छ । एक भन्दा बढी आएका कविता स्वतः बदर हुनेछ ।

५. कविले आफ्नो रचनाका साथमा आफ्नो संक्षिप्त परिचय, पासपोर्ट साइजको तस्वीर र सम्पर्क ठेगाना पनि पठाउनु पर्नेछ ।

६. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आइ अन्तिम निर्णय संयोजकको रहने छ ।

७. कविता प्राप्त हुनुपर्ने अन्तिम दिन ३० जेठ २०७७ हुनेछ ।

पुरस्कार :

प्रथम – नगद ५०० यु.एस.डलर
दोस्रो – नगद ३०० यु. एस. डलर
तेस्रो – नगद २०० यु. एस. डलर

सहित (प्रमाणपत्र सहित) हुनेछ ।

सम्पर्क :
Email :  [email protected]

भवदीय,
राधेश्याम लेकाली
अध्यक्ष

गणेश घिमिरे
महासचिव

प्रतिक्रिया