प्रदेश सरकारको कोषमा आर्थिकका साथ साथै भौतिक सहयोग धमाधम संकलन हुँदै

वीरेन्द्र रावल २०७६ चैत २७ गते ११:३० मा प्रकाशित


वीरेन्द्र रावल,

धनगढी, चैत २७÷ सुदुरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस व्यवस्थापन जोखीम नियन्त्रण तथा व्यवस्थापन कोषमा यस क्षेत्रका मानिसहरुले भौतिक र आर्थिक सहयोगहरु विभिन्न स्तरबाट प्रदान गरिरहेका छन् ।
प्रदेशस सरकारलाई यतिखेर विभिन्न व्यक्ती,संघ संस्थाबाट सहयोग गर्नेक्रम जारी रहेको छ ।

विहीबार सम्म सरकारले स्थापना गरेको कोषमा ४० करोड ६३ लाख रकम जम्मा भएको कुरा आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

यसैक्रममा विहीबार एनएमबी बैंकलेसुदूरपश्चिम प्रदेश सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तीगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको छ । कोभिड(१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक एक सय थान गुणस्तरयुक्त व्यक्तीगत सुरक्षा सामाग्री (पीपीई) विहीबार सुदुरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो । एनएमबी बैंक प्रदेश ६ र ७ का प्रमुख रमेशराज भट्ट र धनगढी शाखाका प्रबन्धक अमन जोशीले संयुक्त रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ती सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रदेश सरकारका मन्त्रीहरु तथा उच्च स्तरीय पदाधिकारीहरुको पनि सहभागीता रहेको थियो । कोभिड(१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तीलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबी बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ । सामाजिक उत्तरदायित्व अनुसार एक सय थान व्यक्तीगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको एनएमबी वैंकका धनगढी शाखा प्रबन्धक अमन जोशीले जानकारी दिनुभयो ।

प्रदेश सरकारका साथ साथै स्थानीय निकायहरुले पनि स्थापना गरेको आवहान संगै विभिन्न क्षेत्रमा न्यून आय वगृका विपन्न परिवारहरुलाई समेत दाताहरुले खाना खुवाउने देखि लिएर विभिन्न सहयोगहरु गर्नेक्रम जारी रहेको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया