कोरना संक्रमित भेटिएको भन्दै भ्रम फैलाउने एक जना पक्राउ

वीरेन्द्र रावल २०७६ चैत २६ गते १०:२२ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,चैत्र २६ ÷ कैलालीमा कोरना संक्रमित भेटिएको भन्दै भ्रम फैलाउने एक जना पक्राउ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।आम मानिसहरु कोरोनाको
कहरका कारण त्रसित भैरहेका बेला गलत अपवाह फैलाउने टीकापुर नगरपालिका वडा नम्वर २ का पवन कुमार भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीलीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिले फेसबुकमा “ भाईरसको संक्रमित टीकापुर नगरपालिका वडा नम्वर १ ब्लक नम्वर १० मा भेटियो “ लेखेका थिए ।

पक्राउ परेका व्यक्तिले समाजलाई त्रसित,भयभित पार्ने र आम नागरिक माझ सन्त्रास एवं अफवाह फैलाएको देखिएकोले आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको पनि बताइएको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया