सांसद प्रेम आलेमगरद्वारा लाखौंका स्वास्थ्य समाग्रीहरु सहयोग

वीरेन्द्र रावल २०७६ चैत २५ गते १२:३७ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, चैत २५

राजनीति पेशा होईन धर्म हो, राजनीतिलाई पेशा बनाउन चाहने व्यक्तिले उद्योग,धन्धा कलकारखाना खोले भैहाल्योनी किन राजनीतिमा आउने भन्ने धारणा राख्ने हस्ताक्षर(व्यक्तिको नाम हो प्रेम बहादुर आलेमगर ।

समाज सेवा सबैले गर्न सक्दैनन् ,समाज सेवाका लागि धन भएर मात्र होईन मन चाहिन्छ त्यसैले आफुले थालनी गरेको राजनीतिक जीवन भनेको केवल दुखी जनताको चराई रहेको घाउमा महलम पटट्ी लगाउनु हो भन्ने धारणा राख्नु हुन्छ प्रेम आलेमगर । प्रेमल आलेमगर हाल डोटी जिल्लाबाट प्रतिनीधि सभामा प्रतिनीधित्व गर्नुहुन्छ । उहाँ पूर्व एमालेबाट डोटीबाट प्रतिनीधि सभाकबो सदस्य समेत हुनुहुन्छ ।

गलत कुरालाई कदापी पनि स्वीकार गर्न नसक्ने,आफ्नै पार्टीमा पनि नेता कार्यकर्ताहरुका बिचमा लोकप्रिय मात्र नभएर सबै राजनीतिक पार्टीका नेता देखि कार्यकर्ताले प्रेम दाई भनेर आदर गर्ने व्यत्ति?को उपमा समेत पार्यसक्नु भएको छ सांसद प्रेम आलेमगरले ।

उहाँ सत्तामा होस् या सत्ता भन्दा बाहिरनै कीन नहोस् जहिले पनि मानव सेवामा अनवरत रुपमा लागि पर्ने व्यक्ति भित्र पर्नुहुन्छ । कोही मानिसहरु उपचार नपाई घरमै छट्पटाई रहेको होस् या अस्पताको बेडमा किन नहोस् खबर सुन्ने वित्तिकै संसद वा पार्टीका बैठकको समेत प्रवाहनै नगरिकन घटनास्थलमा पुगेर मानिसलाई आर्थिक भौतिक जस्तो सुकै भएपनि सहयोग गर्न पछि पर्नु हुँदैन साँसद आलेमगर ।

२०७० सालमा डोटीको कठपत्तेमा भएको बस दुर्घटनाका २६ जना घाईतेलाई भारतको उत्तराखण्डस्थित सार्य अस्पतालमा पुगाएर उपचारमा सहयोग पुगाउने व्यक्ति पनि साँसद आलेमगरनै हुनुहुन्छ । त्यसताका उहाँ पार्टीको जिल्लाको नेता मात्र हुनुनुन्थ्यो । यस्ता सयौं घटनामा उहाँको सहयोग रहेको देखिन्छ।
यतिसम्मकी नेपाली काँग्रेस होस् या कम्यूनिष्ट वा जून सकुै पार्टीको किन नहोस् आपत परेको मानिसकोबारेमा समाचार वा कुरा सुन्ने वित्तिकै सहयोगी हात लिएर अग्रिम मोर्चामा उभिने व्यत्ति पनि प्रेम आलेलाई भनेर चिनिन्छ सुदूरपश्चिममा ।

यसैको क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीबाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आलेमगरले कोरोना भाइरस (कोभिड(१९) को नियन्त्रण अभियानमा सम्लग्न रहेका डोटीका चिकित्सकहरुका लागि लाखौँ मुल्य बराबरको स्वास्थ्य सामाग्री निःशुल्क प्रदान गर्नु भएको छ । जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका चिकित्सक टोलीलाइ प्रयाप्त स्वास्थ्य सामाग्री नहुँदा समस्या भएको जानकारी पाएपछि सांसद आलेमगरले आफ्नो व्यक्तिगत लगानीमा सेनिटाइजर दुइसय पिस, पिपिइ सेट ५०, सुजकभर एकहजार जोडी, क्याप एक हजार जोडी, ग्लोब्स एकहजार दुइसय जोडी, र मास्क एक हजार पिस प्रदान गर्नुभएको उहाँका निजी सचिब हेमन्त रेग्मीले जानकारी दिनुभयो । जिल्लामा स्वास्थ्य सामग्री आउने भएपछि यहाँका चिकित्सकहरु निकै खुसि भएका छन् ।
संघीय सांसद आलेमगरले भारतबाट काम गरि फर्किएका जिल्लाका क्वारेन्टाइनमा रहेका सबै स्थानीय नागरिकको स्वाव संकलन गर्नका लागि पहल भैरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “क्वारेन्टाइनमा बसेका सबैको स्वाव संकलन गर्न पहल भैरहेको छ, मैले आज मात्रै गृह सचिब महेश्वर न्यौँपाने जि संग सबैको स्वाव संकलन गर्न कुरा गरेको छु, सम्भबतः सबैको स्वाव संकलन हुने छ ।” जिल्लामा चिकित्सका लागि आवश्यक पर्ने अन्य स्वास्थ्य सामग्री पनि क्रमिक रुपमा उपलब्ध गराउने सांसद आलेमगरले जानकारी दिनुभयो । जिल्लाका बिभिन्न नौ वटा स्थानीय तहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा भारतबाट कामगरी फर्किएका ३ सय ११ जना राखिएका छन् । सांसद आलेमगरले स्वास्थ्य सामाग्री उपलब्ध गराएपछि जिल्लामा चिकित्सकहरुलाइ बिरामी चेकजाँच सहित कोरोना नियन्त्रण अभियानमा सहज हुने जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य सामाग्री नहुँदा हामीलाइ निकै समस्या भएको थियो,सांसद आलेमगर ज्यूले उपलब्ध गराएपछि सहज हुने भएको छ ।” जिल्लामा स्वास्थ्यकर्मीका लागि आवस्यक पर्ने स्वास्थ्य सामग्री नहुँदा चिकित्सकहरुले जोखिम मोलेरै बिरामीको चेक जाँच गर्दै आएका थिए । संघीय सांसद आलेमगरले प्रदान गर्नुभएको स्वास्थ्य सामग्री क्वारेन्टाइनमा बसेकाहरुको स्वाव संकलन गर्न आउने टोली मार्फत डोटी आइपुगी जिल्ला स्वास्थ्य कार्यालयलाइ हस्तान्तरण गरी प्रमुख जिल्ला अधिकारीको रोहवरमा यहाँका नौ वटै स्थानीयतहका स्वास्थ्य प्रमुखहरुलाइ हस्तान्तरण गर्ने कार्यक्रम तय भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत मलासीले जानकारी दिनुभयो । सांसद आलेमगरले जिल्लाका चिकित्सका लागि उलब्ध गराउनु भएको स्वास्थ्य सामग्री जिल्लाका लागि निकै स्वागत योग्य काम भएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकेको बेला एउटा व्यक्तिले यती ठूलो मात्रामा स्वास्थ्य सामग्री पठाउनु भनेको निकै सरहानिय काम हो, समग्र जिल्लाबासीको तर्फबाट उहाँलाइ म धन्नेबाद दिन चाहन्छु ।” सांसद आलेमगरले उपल्बध गराउनु भएको स्वास्थ्य सामग्री जिल्लामा सूचना संकलनमा दिनहुँ खटिने पत्रकारलाइ समेत उपलब्ध गराइने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

साँसद आलेमगरले सामाजिक रुपमा निर्वाह गर्दै आउनु भएको दायित्वले सुदरुपश्चिमेली जनता जहिले पनि नतमष्तक हुने गरेका छन् ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया