कोरोना,चिहानघारी र नयाॅ फूल

बिकास थापा २०७६ चैत २५ गते १०:३४ मा प्रकाशित

.बिकास थापा

कोरोना महामारी कुन देशमा कति फैलियो भन्दा पनि आफ्नो देश बचाउन कुन देशले के गर्यो ? सफलता कति र कसरि हाॅसिल गरे वा कहाॅ कहाॅ चुक्के ? अहिले यो तर्क चाहि बहसको बिषय बन्न सक्छ । कति देशका शासकहरू सत्ता र शक्तिको माथिल्लो भागमा बसेर काम कम गफ बढि गरिरहेछन् । महत्वपुर्ण समय बर्बाद गरिरहेछन् , पटक पटक गरिरहे पनि । कति जनताको चित्कार सुनेर पनि अट्टाहास गरिरहेछन् । आफ्नै देशका जनता कति बाॅच्छन् कति मर्न सक्छन् ॲाकाडा लिएर तौलिरहेछन् । यसो गर्दा न यिनका मुटु काॅप्छन् , न त हात नै , न त मतिष्कनै । अझै यी आन्नदित छन् । निर्भयि पनि । यो त जनता प्रति गरिने जिम्मेवारहिन देशका शासकको चरित्र हो । अर्को तिर कुनै देश भने जनताको सुरक्षाको लागी रातदिन नभनि खट्टिरहेका छन् । न तिनलाई थाल ठटाउने फुर्सद छ न त आरोप प्रत्यारोप गरेर समय फाल्ने । समस्या कहाॅ र समधान के गर्दा निस्कन्छ भन्दा बाहेक ध्यान अन्त छैन । ती देश सफलताको धेरै निक्कै नजिक पनि छन् । कोरोना बिरुद्दको लडाइ जितिरहेछन् ।

आफ्नै देशका जनता कति बाॅच्छन् ? कति मर्न सक्छन् ॲाकाडा लिएर तौलिरहेछन् । यसो गर्दा न यिनका मुटु काॅप्छन् , न त हात नै , न त मतिष्क नै । अझै यी आन्नदित छन् । निर्भयि पनि । यो त जनता प्रति गरिने जिम्मेवारहिन देशका शासको चरित्र हो

यो महामारीमा कतिपय कुरुपताहरू देख्दा कहिले काहि अचम्म लाग्छ ।कतिपय तर्क गर्दा म आफै सतर्क छु । किटानि गर्ने तथ्य कसैसॅग छैन । अनुभव ,अनुमान र अनुसरण भित्र मात्र बसेर काम लिदा , तर्क गर्दा कहिले काहि धोका खाइन्छ । तसर्थ यिनमा टेकेर अहिलेको काल्पनिक बहसमा उत्रनु ठूलो मूर्खता जस्तै हो । लोकले यो मान्दैन र पचाउॅदैन पनि । आम मानिसको आफ्नै अनुमान हुन्छ । तर पनि अहिले चुप बस्न सक्ने स्थिति नै छैन । मलाई थाह छ यो एक अर्थले अर्थहिन पनि हो । त्यो मूर्खता म यो लेखमा लेख्नत चाहिॅदिन तर अहिले संसार भरका आममानिसले भोगी आएको , बुझि आएको, देखिआएको ,अनुभव गरिआएको कुराहरू फेरीहस्त शब्दमा अनुवाद भने गर्ने सक्नेछु । मलाइ लाग्छ यहि परिधि र सिमा भित्र यो लेख घुम्ने छ । जुन सत्यता र यथार्थको सबै भन्दा नजिक पनि त छ अहिले ।

अमेरिकी जनता अहिले आतांकित छन् । त्रसित छन् र पनि चुपचाप छन् , मौन छन् र आफ्नै सरकारको नाडी छामिरहेछन् ।

अप्रिलको दोस्रो सात अर्थात इस्टरपछि ट्रम्प बिध्यालय र लकडाउन खोल्ने तयारीमा थिए । उनको विवेकमा यो लक डाउन आबश्यकता भन्दा बढि थियो । त्यसैले उनी भनिरहन्थे – तिमीहरू मलाई चेतावनि मात्र दिन सक्छौ तर मलाई परिबर्तन गर्न कदापी सक्दैनौ । यति भए पछि स्वस्थ्य विज्ञ एन्थोनिले उनलाई परिबर्तन गर्न सक्ने त कुरै भएन । अव यो प्रसंड्गलाई यहि छोडौ । भविष्य नियालौ के अव अर्को महिना अमेरिकामा बाबु आमाले आफ्ना बच्चाहरूलाई निसंकोच स्कुल पठाउन सक्लान ? बाबुआमाको मतिष्कबाट कोरोना महामारीले हानेको धक्का सहजै पुछिएला ? अमेरिका सहजै उहि र उस्तै परिस्थितिमा फर्केला ? कोरोना महामारीमा बारम्बार चुकेका ट्रप्मका कुरा जनताले अव सहजै पत्याउॅलान् ? पहिलो प्रश्न त अमेरिकाले महामारीलाइ कसरी परास्त गर्ला भन्ने नै छ । दोस्रो अमेरिकाको भविष्य तिर फर्किएको छ । अमेरिकी जनता अहिले आतांकित छन् । त्रसित छन् ।चुपचाप छन् । मौन छन् र आफ्नै सरकारको नाडी छामिरहेछन् । अमेरिकी सरकार प्रति जनता कति बिश्वस्त छन् ? त्यो अव अर्को अध्यायनको पाटो हो । उत्तर पनि निश्चित छ । सरकार जनता प्रति कति उतरदायि हुन्छ सबै कुरा यसैले देखाउॅछ । अव सरकारको सफलता असफलता यसैमा निर्भर हुने छ ।

न्यू योर्कका डाक्टरहरू अहिले अनिश्चताको दोसाॅधमा उभिन किन विवश र बाध्य छन् ? परिस्थिति किन कावु भन्दा बाहिर छ ? कुन बिरामिलाई मृत्युको जिम्मा लगाउने ? कसलाई उपचार प्रयास गर्ने ? कसलाई नगर्ने ? परिस्थिति सोचे भन्दा भयवहा छ । निर्णय लिन कठिन पनि ।

ट्रम्प प्रशासनमा स्वास्थ्य विज्ञका रूपमा कार्यारत एन्थोनी फौसी ले पटक पटक कोरोना भाइरसले अमेरिकामा करिब दुई लाख भन्दा बढि मानिस मर्न सक्ने चेतावनि दिईरहे तर पनि ट्रप प्रशासन सुनिरह्यो । हेलचक्राई गरिरह्यो । बरू चीनियाॅ भाइरस भनेर आफ्नो तयारीको महत्वपुर्ण समय खेर फालि बसे । न त भाईरसलाई देशको सिमानाले छेक्यो । न त अहंकारले नै रोक्यो ।यो ट्रम्प प्रशासनको सबै भन्दा ठूलो गल्ति थियो । अहिले कोरोनाले सिड्गो अमेरिकालाई नै निल्यो । त्यसपछि अलिकति चेत त पलायो तर समय निक्कै घर्किसके पछि । अमेरिकामा पूर्व तयारि केही थिएन । भएको भए जसको असर अमेरिकाको हस्पिटलभर माक्स , सुरक्षा कवच , औषधि , बेड र भेन्टिलेटरको अभाव हुने थिएन । हस्पिटलको क्षमता भन्दा बढि बिरामी आएपछि न्यू योर्कका हस्पिटलले बिरामी घर फर्काउन बाध्य भए । सघन उपचारको आबश्यकता पर्ने भन्दा बाहेक अरूले हस्पिटलमा बेड पाउने त कुरै भएन । शासकले जे सुकै दाव गरे पनि हामिले हेर्ने र लेख्ने भनेको यथार्थ नै हो । जुन जतिसुकै क्रुरता , अमानविय र गोप्य नै किन नहोस । न्यू योर्कका डाक्टरहरू अहिले अनिश्चताको दोसाॅधमा उभिन किन बिवश र बाध्य छन् ? परिस्थिति किन कावु भन्दा बाहिर छ ? कुन बिरामिलाई मृत्युको जिम्मा लगाउने ? कसलाई उपचार प्रयास गर्ने ? कसलाई नगर्ने ? परिस्थिति सोचे भन्दा भयवहा छ । निर्णय लिन कठिन पनि । डाक्टरहरूको सामु लड्नु भन्दा बाहेक बिकल्प अर्को छैन । यो मार इटालिले भोगेको देखि/देखि पनि अमेरिका आबश्यक तयारी गर्ने समय हुॅदा हुॅदै पनि चुक्यो । अनाबश्यक गलफतिमा समय खर्च गर्यो । ठोस परिस्थितिको ठोस बिश्लेषण गरेर तयारी हालतमा बस्नु पर्नेमा आफुलाई पटक पकट चुकाई रह्यो । अहिले गल्तिको परिणाम भोगिरहे छ । तोडमोड गरिएन यथार्थ यहि हो ।

बिडम्बना के छ भने ६३ प्रतिशत अमेरिकी सॅग अझै , कुनै बिषम परिस्थिति आईलाग्यो भने खर्च गर्न पाॅच सय डलर सम्म पैसा हुॅदैन । हरेक हप्ता बुझ्ने चेकमा आधा भन्दा बढि जनसंख्या आश्रित भएपछि अरु कुनै पनि मापनका सुचांकहरू ब्यार्थ छन् ।

के कोरोना महामारीमा कुहिरोको काग नै बन्यो त अमेरिका ? के सिएनएनका प्रत्रकार ज्याक ट्यापरले( Jake Tapper) राष्ट्रपति ट्रम्पलाई सोधेका प्रश्नहरूको उत्तर दिनु उनी आफ्नो जिम्मेवारी ठान्लान् ? धार्मिक अतिवाद , जातिया महत्वकांक्षा र सत्ताले उन्मादले अनमत्ता भएकाहरूले विवेक र आफ्नै चेतनाको दिव्य दृष्टिमा पट्टि बाॅधेर कसरि संसार बिचरण गर्छन् अहिले मोदी , ट्रम्प र ओली सरकारलाई हेरे पुग्छ । यहाॅ काम भन्दा हल्ला बढि छ । यिनले सोसल मेडियामा अफवाहको पारो जति जति माथि चढेको देखाऊॅछन् जान्नु यिनका वास्तविकता भुॅईमा लडिरहेको हुनेछ । टुइटको लाईक र कमेन्टमा मस्त शासक लाइक गन्नमै ब्यास्त छ । शासकहरूमा अझै दम्भ छ । अहंकार छ । मैमत्त छ । जसले कुन खाल्टोमा जाकिदिने हो ती आफैलाई थाहा छैन । आफै ॲाखा चिम्लिएर कुहिरो भित्र बाटो यिनैले देखाई रहेछन् । बाटो ठिक छ वा छैन यो त अर्को बहसको पाटो बन्ला तर सबैभन्दा उत्तम र सुबिधा युक्त बाटो यहि हो भनिरहेछन् । जनता पत्याईदिन विबश छन् बाध्य पनि ।

यो माहामारिको समयमा नेपालमा अल्लाह र प्रभु यसु अल्लि बढि चर्चामा नै आए । यदि नेपाल र भारत सरकारले समयमै आबश्यक कदम नचालेको भए नेपालमा यिनले लाखौ र भारतमा करोडौ मानिसलाइ अनाहकमा मृत्युको मुखमा यिनैले पुर्याउॅने थिए ।

अहिलेको अमेरिका सन् १९९० को बिघटन हुनु पूर्वको सोभियत संघ जस्तो खोक्रो छ त ? त्यो अबश्य होइन र अहिलेको अमेरिकाको बस्तुगत बिश्लेषण गर्दा पनि त्यो अबस्था देखिदैन । किन ? तर्कले मात्र त पुग्दैन तथ्यगत कारण पनि चाहियो । यस बिषयमा राष्ट्रपति ट्रम्पको एउटा तर्कमा म सॅधै सहमत छु । अमेरिकी अर्थतन्त्रले गति लिएको थियो । ट्रम्प आएपछि बजार आक्रमक रुपले अगाडी बढेकै हो । रोजगारिका अवसरहरू पनि निक्कै बढेका थिए । बेरोजगारको दर निक्कै तल पुगिसकेको थियो । यसले गर्दा अमेरिकी अर्थतन्त्र मजबुत अबस्थमा थियो । यो त सकरात्मक पाटो भयो । बिडम्बना के छ भने ६३ प्रतिशत अमेरिकी सॅग अझै , कुनै बिषम परिस्थिति आईलाग्यो भने खर्च गर्न पाॅच सय डलर सम्म पैसा हुॅदैन । हरेक हप्ता बुझ्ने चेकमा आधा भन्दा बढि जनसंख्या आश्रित भएपछि अरु कुनै पनि मापनका सुचांकहरू ब्यार्थ छन् । कोरोनाको बिषयमा ट्रम्प प्रशासनले पहिलो हेलचक्राई । दोस्रो कुनै तहमा पनि पूर्व तयारी नगर्नु सबैभन्दा ठूलो कमजोरि बन्यो । ट्रमले यसलाई संवेदनसिल ढंगड्ले लिन पनि चाहेनन् । परिमाण अव चाहि अमेरिकी अर्थतन्त्र ओरालो लाग्ने संम्भावनको निक्कै नजिक छ । कुन तहमा पुग्छ यो पनि अहिल्यै बोलिहाल्नु , लेखिहाल्नु हतार हुनसक्छ । काल्पनि तर्क र अनुमानले मात्र अव केही नाप्न सक्दैन ।

यहाॅ सोचनिया कुरा के हो भने पूॅजीवादीहरूले साम्यावादीलाई र साम्यवादिहरूले पूॅजीवादिहरूलाई जति नै दोषारोपण गरे पनि दुवैको भित्रि लक्ष्य र उदेश्य भनेको महाशक्ति बन्नु नै हो ।

अव एकछिन नेपाल तिर जाऊॅ । यो फोस्रो राष्ट्रवादको गर्जन पनि अचम्मको हुॅदो रहेछ । एउटा चैते राष्ट्रवाद । चैत्रको हुरी जस्तै गरि एकछिन आउने र सेलाउने । अर्को भदौरे राष्ट्रवाद भदौरे झरि जस्तै बर्सिरहने ।यी चैते राष्ट्रवादिहरू एकछिन बिछिट्टै उफ्रन्छन् सुझ बुझ बिना , चाडै नै थाक्छन् र बेलैमा बेलुन जस्तै सामसुम हुन्छन् । जसमा मिथ्याज्ञान बढि छ । भ्रम छ र बढि अज्ञानतमा चढिरहेको पारो । अर्को शासकको सोच पनि अचम्म छ । खाडीमा ४५ डिग्रीमा पाकेर रेमिट्यान्स पठाउने आज सम्म कहिल्यै समस्यामा पर्दैनन् । ती चासोका समचार पनि कहिल्यै बन्दैनन् । तर चीन , अष्ट्रेलिया लगायत बिकसित मुलुकमा बस्न र पढ्न जाने सुकिला मुकिला भने सॅधै समस्यमा पर्छन् । पीडित उनै हुन्छन् । समचार उनै बन्छन् । चासोमा उनै आउॅछन् । अन्तमा राज्याको साधन र स्रोत पनि यिनैको प्रगति र उन्नतिमा खर्च हुन्छ । प्रयोग हुन्छ । राज्य ढुकुटिको यो भन्दा ठूलो उपहास अरू के हुन सक्छ ? भुॅईमान्छेहरू महाकालि पारी बसेर देश फर्कन याचना गरिरहेछन् । सुनुवाई चासो , कहिॅ कतै छैन । एउटै देशका नागरिकलाई राज्याले यस्तो फरक ब्याबहार गर्न मिल्छ ? के देश भित्राएर १४ दिन सरकारले पाल्न हुॅदैनथ्यो ? यो संकटको घडीमा आफ्नो घर नआएर ती कहाॅ जाऊन ? सरकारको यस्तो चरित्र र दम्भ आत्मघाती छ । यिनले यसरि अलिकति भय ,अलिकति त्रास ,अलिकति घमण्ड र बाॅकी अन्धोपनमा देश गुडाई रहेछन् । एकथरी ताली बजाई रहेछन् ।

एउटा अकाट्य सत्य के हो भने हरेक महाब्याधिमा यूरोप सकिएको छ र पुन: उठेको देखिन्छ । यूरोपको अहिलेको परिस्थितिलाई हेर्दा नकार्न भने सकिॅदैन । यूरोपले चिहानघारी बाट कसरी उठ्नु पर्छ भन्ने कुरा पटक पटक सिकेको छ ।

यो माहामारिको समयमा नेपालमा अल्लाह र प्रभु यसु अल्लि बढि चर्चामा नै आए । यदि नेपाल र भारत सरकारले समयमै आबश्यक कदम नचालेको भए नेपालमा यिनले लाखौ र भारतमा करोडौ मानिसलाइ अनाहकमा मृत्युको मुखमा यिनैले पुर्याउॅने थिए । लाखौले धार्मिक अन्धबिश्वासको कारण ज्यान गुमाउनु परेको भए स्थिति कति कहालि लाग्दो हुन्थ्यो होला ? तसर्थ जो समाजमा आफुलाई अगौटे मान्छ उसले आफुलाई अन्धबिश्वासमा डुबाए पनि अरूलाई नडुबाई दिए समाजको भलो त्यहि बाट हुने थियो । बाॅकी धर्मका पण्डितहरू अहिले मौन छन् , गोप्य छन् , दूलोमा छन् । उनीहरू सॅग हुति र तर्क केहि छैन । तर्क भए पनि बैज्ञानिक रुपमा प्रमाणित छैन । भ्रमलाई बिज्ञानले मान्ने कुरा पनि भएन । र त अन्तमा यिनले पनि बिज्ञानलाई पर्खि रहेछन् । सायद ज्यानको डर सबैभन्दा बढि यिनलाई नै लाग्छ । जब बिज्ञानले दुलो बाट बाहिर निस्कने सहज बातवरण बनाई दिन्छ पुन: यिनका अन्धबिश्वासका दर्शन छताछुल्ल हुन थालिहाल्छन् । सौभाग्य नै भन्नु पर्छ अहिले यिनको अलिकति चेत भने पनि बिज्ञानले खोलि दियो । भोलिका दिनमा अव पनि उसै गरि अन्धबिश्वासको रोटि सेक्छन् वा परिबर्तन हुन्छन् समय पर्खिरहेको छ । अव नेपालमा धार्मिक अन्धबिश्वास पनि राज्यको लागी थपिएको अर्के चुनौति हो ।

यी त भए गन्थन। अव महामारीका बिश्व इतिहास भित्र पसौ । जसलाइ बुझ्न हामी एकपल्ट फेरी इतिहास तिर नफर्की सुखै छैन। यदि इतिहासलाई हेर्ने हो भने हरेक महाव्याधीले संसारमा पुरानो बिरासतलाई भत्काएको छ । सन् १३४७ मा युरोपमा फैलिएको प्लेग रोगको महामारी जसले यूरोपको आधा जनसंख्या एक चिहान बनाई दियो । चाहे त्यो सन् १७२० को अर्को प्लेग रोग वा सन् १८२० एसियाका देशहरूमा फैलिएको हैजा वा सन् १९१६-१९२० सम्ममा युरोपमा फैलिएको स्पेनिस फ्लु नै । जुनसुकै महामारीले पुरानो ब्याबस्थालाई आफुसॅगै चिहानघारी लैजाने गरेको नजीर छ । हेरौ कोरोनाले चाहि के गर्छ ! यथार्थ आफैमा बाझिदैन । इतिहास लुकाएर लुक्दैन पनि । तर एउटा अकाट्य सत्य चाहि यो हो की चिहानघारी बाटै नै मानिसले नयाॅ यूगको सुरुवात गरेका छन् । नयाॅ बाटो पहिल्याएका छन् । जीवन पद्दतिमानै परिबर्तन आएको छ । मानिसको सोच, बिचार , जीवन शैली , दर्शन , साहित्य देखी हरेक कुरामा परिबर्तन र नयाॅ आयम ल्याईदिएको छ ।

अव भविष्य कस्तो होला ? बिश्व अर्थतन्त्रले कुन बाटो तय गर्ला ? पीडित देशहरूले महाब्याधिको चिहानघारी माथि कस्तो फूल रोप्लान ? बिषालु वा संसारलाई नयाॅ सुवास दिने

चीनको वुहानबाट यो महामारि अन्तराष्ट्रिय ब्यापार र पूॅजीकै बुई चढेर सहजै युरोप पुग्यो ।अहिले सहजै बिश्व भ्रमण नै गर्यो । प्रबिधि र बिकासले बिश्वलाई एउटा साॅघुरो घेरामा कैद त गरिदियो तर सॅगसॅगै यस्ता चुनौति पनि बिश्वभर थपिदियो । यो लेख लेखिरहॅदा यस महामारिबाट बिश्वमा यति १३,४०,४०८ संक्रमित छन् भने यति ७४,४४१ जनाको मृत्यु भईसक्यो । अहिले संसार भर शंक्का छ, कौतुहल छ , त्रास छ ,डर र भविष्यको चिन्ता छ । सबैलाई धक्का उसैगरि दिईरहेको छ । कति फैलियो तथ्यांक तिर चासो छ । लासको पहाड भित्र शुन्यता छाएको छ । जसले गर्दा संसार अहिले बिच बाटोमा टक्क अडिन बाध्य छ । अनिश्चताको बादल मडारिरहेको छ । बिश्व नै एउटा सुनसान चिहान माथि बसेर चिच्याइ रहेको छ । यस्ता महामारी संसारमा धेरै पल्ट आए गए । यस्ता माहमारी बिश्वले निक्कै भोग्यो । लासका पहाडहरू धेरै बने तर मानिस कहिल्यै संघर्ष गर्न छोडेन । हरेक पल्ट खरानी भित्रै बाट नै संसार उठ्यो । उठिरह्यो ,हिंडिरह्यो , चलिरह्यो र आफ्नो गन्तव्य खोजिरह्यो । यो बिश्वलाई इतिहासबाट लिने प्रेरणाको ज्योति हो ।

कोरोना प्राकृतिक भाईरस रहेछ भने त ठिकै छ । मानवले प्राकृति माथि गरेको चरम दहनको बदला भनि बुझ्नु पर्ला तर भ्याक्सिन र औषधि बेचेर अरबौ अरब कमाउने तयारी स्वरुप ल्यावमा तयारि गरि मानव सभ्यता माथि प्रयोग गरिएको रहेछ भने मानव सभ्यता र प्रकृतिको लागी यो भन्दा ठूलो दुर्भाग्य अरु केही हुने छैन । मानव सभ्यता र प्राकृतिले यो राक्षेसी चरित्रलाई कहिल्यै क्षमा गर्ने छैनन् । जुन दिन मानव समुदाय माथि प्रकृतिले बदला लिन्छ त्यो क्षण कसैको बसमा पनि हुने छैन । जसले भोलि बिश्वलाई कति अनिश्चित बनाउॅछ ।यसको हामिले अनुमान गर्न मात्र सक्छौ । किटानी गर्ने स्थिति छैन । यसले भोली बिश्वमा जैविक हतियारको प्रतिस्पर्धा नबढाऊला भन्न सकिॅदैन। यहाॅ सोचनिया कुरा के हो भने पूॅजीवादीहरूले साम्यावादी लाई र साम्यवादिहरूले पूॅजीवादिहरूलाई जति नै दोषारोपण गरे पनि दुवैको भित्रि लक्ष्य र उदेश्य भनेको महाशक्ति बन्नु नै हो । अव आइलाग्ने यस्तो बिषम परिस्थितिमा साना तथा गरिब राष्ट्रहरूले आफ्नो अस्तित्व र पहिचान जोगाउन नयाॅ बिश्व परिवेस सॅग कसरी मुकाविला गर्छन् ? आगामी दिनमा साना र अविकसित देशहरूलाई निक्कै जटिल चुनौति थपिदिएको छ । यो महाव्याधि पछि बिश्वमा आउने आर्थिक संकट , दोषारोपण , ध्रुबिकरण र बदलाभावले निक्कै खराब बाटो पनि तय गर्न सक्छ । जुन बिश्व र आममानव समुदायको लागी नै निक्कै घातक र चिन्ता जनक छ ।

अर्को सोचनिय पक्ष के छ भने यस महाव्याधिले अहिलेको बिश्व संरचना भत्काउला ? तहस नहस गराउल ? सबै सॅग थोर बहुत अनुमान छ तर एकिन छैन । अर्को एउटा अकाट्य सत्य के हो भने हरेक महाब्याधिमा यूरोप सकिएको छ र पुन: उठेको देखिन्छ । यूरोपको अहिलेको परिस्थितिलाई हेर्दा नकार्न भने सकिॅदैन । यूरोपले चिहानघारी बाट कसरी उठ्नु पर्छ भन्ने कुरा पटक पटक सिकेको छ । यूरोपमा मानिसहरूले विगतमा पनि चिहानघारी बाटनै नयाॅ इतिहासको प्रारम्भ गरेका छन् । नयाॅ फूल चिहानघारी माथि नै रोपेका छन् । त्यहि माथि फुलाएका पनि । प्रत्येक महाब्याधिले मानिसलाई नयाॅ शिक्षा , नयाॅ चेतना र नयाॅ पाठ पढाएर नै गएको छ । यस बाट हामिले पनि के सिक्न जरुरी छ भने हरेक संकट पछि आशावादि हुन जान्नु पर्छ र इतिहास बाट सिक्न जरुरी छ । त्यो समयमा संसारले भोगेको पचाएको त्यो संकट , त्यो महाब्याधि , त्यो लासको पहाडको अगाडी दाॅजि हेर्ने हो भने यो कोरोना महाब्याधि केही होइन ।यसले अहिले बिज्ञानको धमनिलाई चल्नै नसक्ने गरि केही दिन त थिच्ला तर बिज्ञान ढिलो चाॅडो अबश्य उठ्ने छ ।

यति त भयो बिगत र बर्तमान । अव भविष्य कस्तो होला ? बिश्व अर्थतन्त्रले कुन बाटो तय गर्ला ? पीडित देशहरूले महाब्याधिको चिहानघारी माथि कस्तो फूल रोप्लान ? बिषालु वा संसारलाई सुवास दिने । आरोप प्रत्यरोप , आर्थिक संकट , ध्रुबिकरण ,होडबाजि , गुटउपगुट बिश्वमा देखिन सक्ने नयाॅ चुनौति हुन् । बिश्वमा देखिन सक्ने नयाॅ जैविक हतियारको होडबाजि , ब्यापारिक प्रतिस्पर्धा , ब्यापारिक चुनौतिले बिश्वलाई थप आक्रान्त बनाउने संम्भावनलाई अहिल्यै नकार्न सकिॅदैन । शक्ति राष्ट्रहरूको राम्रै बुद्दि फिर्यो भने संसारमा आउने नयाॅ कसिमका महामारि , प्रदुषण र हरेक प्रकारका चुनौति र समस्या सॅग जुध्न बर्तमान शैली र तयारी अपुग छ ।यी यावत नयाॅ चुनौति सॅग जुध्न नयाॅ किसिमको बिश्व सरकार वा नयाॅ सहकार्याको मोडल अगाडी आउन जरुरी छ । यो आउला नआउला त्यो भविष्यको गर्भमा छ तर एउटा कुरा के सत्य हो भने यस्ता महाव्यधि सॅग लड्न सामुहिक प्रयास , एक अर्कामा सहयोग , सुचना आदन प्रदान र प्रबिधिको सहयोग बिना अव असंम्भव नै हुनेछ । कुनै पनि देश आफैमा पुर्ण र एक्लै समस्या सॅग जुध्न सक्षम रहेनछन् भन्ने कुरा युरोप र अमेरिकाको बर्तमान स्थितिले यहि देखाउॅछ । यो नाथे लेखमा मैले आजै र अहिल्यै अनाबश्यक भविष्यवाणि गर्नु अल्लि हतारो र कच्चा हुन्छ तर सत्य के हो भने संसारले बास्तविकताको स्वीकार गर्नुको अर्को बिकल्प भने कसैसॅग छैन । त्यो जतिसुकै क्रुद ,आतांकित र चिहानको पहाड नै किन नहोस । अहिले भविष्य लाई समयकै हातमा छोडौ। यो जस्तो बुद्दिमानि अरु कोही छैन र हुॅदैन पनि ।

प्रतिक्रिया