गितामा कृष्ण ले अर्जुनलाई कौरब सित लडाइ गर्न दिएको निर्देशन र सल्लाह झैं छिमेकी लाई रिझाउन र बिच्काउन यत्र तत्र सर्बत्र तम्तयार भएर बसेका प्रशिक्षकहरु भित्र भित्रै नयाँ खेलको लागि विभिन्न प्रकारले राजनीतिक खेल को अभ्यास गर्दै र गराउदै आइ रहेको छन् ।
दलिय ब्यवस्थामा सरकार बन्ने र भत्किने कुरा सामान्य रूपमा लिइन्छ।तर पनि अस्थिर राजनीति ले गर्दा सुशासन तिर ध्यान जान सक्दैन । देश तमाम खालका समस्याले घेरिएको हुन्छ। भ्रष्टाचार बेथिति र बेरोजगारी हाम्रो ठुलो समस्या को रूपमा देखिन्छन् ।
युवाहरूलाई पलायनहुन बाट रोक्न सकिएको छैन। जताततै निरासा मात्रै छ।सिसाको घरमा बसेर सडकमा हिड्ने मानिसलाई ढुंगा हान्ने प्रवृत्ति को सिको गर्ने नेपाली चरित्र आफैमा अस्थिरताको कारण हो। दुइटा खेल हरु सदनमा र सडकमा खेलिदैछ्न। चिसो मौसममा दक्षिण फर्किनुपर्ने र गर्मी मौसममा उत्तर फर्किनुपर्ने हाम्रो बाध्यता भएपनि जुनसुकै बेला उत्तर दक्षिण को राप ताप को असर परिरहेकै छ। केहि समय अघि उत्तर फर्केको नेपाल गर्मि बढे संगै दक्षिण फर्किन बाध्य हुदैछ र पारिदैछ। सके सदनबाट न सके सडकबाट राजनीति फेरबदल गर्ने तयारी भै रहेको कुराको संकेत देखिन थालेको छ।
पार्टी हरु बिभाजन हुनु,रास्ट्रपति को आर्थिक सल्लाहकार को बिबादास्पद अभिव्यक्ति र उहाँको राजीनामा सामान्य छैन ।यो यतिकै रोकिने छैन, बिश्व राजनीति मा आएको फेरबदल र शक्ति सन्तुलनमा परेको प्रभाव को असर ले पनि अनेकौं किसिमका बिबाद तथा युद्ध हरु हुन थालेका छन् । दुइ दशक यता तीब्र आर्थिक वृद्धिदर हाशिल गर्न सफल उत्तरी चिन र एक दशक यता देशको हरेक क्षेत्रमा उल्लेख्य सुधार गर्न सफल दक्षिणी भारत महाशक्ति रास्ट्रको होडबाजीमा छन् ,ठुलो माछाले सानो माछालाई खान्छ भने जस्तै ,यिनिहरु पनि साना र कमजोर देशहरू प्रति न राम्रो नजरले हेर्छन् ।
अरुको प्रगति प्रति डाहा गर्छन् ।पश्चिमाहरु पनि अत्यन्तै सक्रिय रूपमा खेल खेलिरहेको बर्तमान परिस्थितिमा उत्तरी छिमेकी देशको प्रभाव परेको दक्षिणी छिमेकी र अझै पश्चिमाहरु को टाउकै दुःखाइ को विषय बन्नेगरेको छ। प्रचण्ड नेतृत्वको बर्तमान सरकार उत्तर को प्रभाव र चाहना मा बनेको उनीहरुको बुझाइ छ ।
जसलाई फेर्न बाहिर र भित्र खेल खेल्दैछन। कतै राजसंस्था को पुनस्थापना त कतै हिन्दु रास्ट्रको घोषणा जोगि भोगि सन्यासि हरु लाई परिचालन ,कसैलाई अनशनमा बसाउने कसैलाई विभिन्न मुद्दा लगाइ फसाउने र जनता बाट कटाउने राजनीति प्रति बितृस्णा जगाउने गतिविधि गर्न लगाइने छ,।केहि यताउता बाट पालित र पोशितहरु जुरमुराउनु थाल्ने छन् ।
खाद्यान्न जस्ता दैनिक उपभोग्य सामाग्रीहरुको कृतिमा अभाव सृजना गरि मुल्य वृद्धि गरिने छ।उसै परे नाकाबन्दी झेल्नुपर्ने हुनसक्छ ।
अस्थिर राजनीति र कुटनैतिकरूपमा अक्षम नेतृत्व ,अवसरवादि र स्वार्थि कर्मचारी ,परिचालित र आश्रीत पत्रकार यिनिहरुको कमजोरी को कारण हामीले जहिल्यै बिदेशी को दवाब र प्रभावमा बस्नुपर्ने गरि खेल खेल्ने गरिएको छ। हामी नेपाली हाम्रो नेतृत्व को अदुरदर्शिता को कारण तमाम साधन श्रोतले भरिपुर्ण देश भएर पनि अपेक्षित रूपमा उपलब्धि हासिल गर्न सकिरहेको छैनौ। बिश्व भू राजनीति मा भएको फेरबदल र शक्ति संघर्श को बाछिटाहरु र तरंगका झिल्काहरु ले विश्वभरी नै असर देखा पर्ने जसको कारण कतिपय देश तथा कतिपय देश ले आफ्नो भुभाग गुमाउनु पर्ने कतिपयले युद्ध को सामना गर्नुपर्ने स्थिती को सृजना हुने संभावना पनि उत्तिकै छ।
प्रचण्ड नेतृत्वको बर्तमान सरकार उत्तर को प्रभाव र चाहना मा बनेको उनीहरुको बुझाइ छ ।
छिमेकी लाई सन्तुलनमा राख्न,कुटनैतिक रूपमा सफल हुनुपर्छ ।आन्तरिक एकता कायम राख्दै राष्ट्रियता को रक्षा कुनै दल र ब्याक्ती विशेष को बन्नु हुन्न यो साझा अनिवार्य सर्त हुनुपर्छ ।
नभए हामीलाई क्यारेम बोर्ड को गोटि बानाइने छ।यस कुरामा सबै दल हरु उत्तिकै सजक हुनुपर्छ ।।
नेपाली जनताको इच्छा र चाहना अनुसार को शासन ब्यबस्था ,यस्तो हैन अरुकै इसारामा हिड्नुपर्ने?अरुकै आदेश मान्नुपर्ने ?एउटा सार्बभौमसत्ता सप्पन्न मुलुक को लागि यो कुरा जायज हुनै सक्दैन । आफु अनुकूल भए जे पनि मान्ने आफ्नो पद गुमेको भोलिपल्ट देखि राष्ट्रिवादी देखिने नक्कली रास्ट्रवादि प्रवृत्ति चरित्रले नेतृत्व मात्रै हैन राष्ट्रियता कमजोर बन्दैछ। त्यसले आन्तरिक एकता मजबुत बानाएर। यस्ता अर्थहीन खेल खेल्ने र खेलाउने लाई असफल पारौं । धन्यवाद ।
लेखक : अधिवक्ता समेत हुनु हुन्छ ।
प्रतिक्रिया