प्रदेश नं. १ सरकारबाट स्थापित कोरोना जनसुरक्षा कोषमा रु ११ करोड जम्मा

मनोज दाहाल २०७६ चैत १९ गते २१:३१ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१९ चैत । प्रदेश नं. १ को सरकारले कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा आजसम्ममा रु ११ करोड ९४ हजार सङकलन भई जम्मा भएको छ ।

प्रदेश सरकारले कोषमा रु १० करोड जम्मा गरेको छ भने विभिन्न सामाजिक संघसंस्था, बैंक, वित्तिय संस्था र व्यक्तिहरुले रु एक करोड ९४ हजार जम्मा गर्नु भएको छ ।

प्रदेश मन्त्रिपरिषद्का सदस्यहरु र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्नुभएको छ ।

यसैगरी प्रदेशसभाका सभामुख र उपसभामुखले रु एक लाख २१ हजार, प्रदेशसभा सदस्यहरुले रु २२ लाख ३० हजार, राउत कन्ट्रकसन सर्भिसले रु ११ लाख, हुलास वायरले रु ११ लाख, अरिहन्त मल्टिफाइवरले रु ११ लाख, रघुपति जुटमिलले रु १० लाख जम्मा गरेका छन् ।

सिद्धार्थ बैङ्कले रु १० लाख, सिटिजन्स बैङ्क इन्टरनेशनलले रु ७ लाख, कृषि विकास बैङ्क लिमिटेडले रु ५ लाख, नेपाल बैङ्क लिमिटेडले रु ५ लाख, ट्रान्स नेपाल फ्राइट सर्भिसेजले रु ५ लाख जम्मा गरेका छन् ।

यस्तै एसआइडीविएलबाट रु दुई लाख दुई हजार, प्रदेश लेखा नियन्त्रण कार्यालयका कर्मचारीहरुबाट रु २० हजार र रामचन्द्र प्रसादबाट रु २० हजार कोषमा जम्मा भएको छ ।

कोषमा सहयोगका लागि राष्ट्रिय बाणिज्य बैङ्क विराटनरको कोरोना जनसुरक्षा कोष खाता नं. २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया