नेपालमा स्वास्थकर्मीहरुलाई डेरा छाड्न घरवेटीवाट दवाव

टंक पन्त २०७६ चैत १८ गते १३:४८ मा प्रकाशित


काठमाडौ । कोरोना भाइरसको महामारीको जोखिममा रहेको बेला नेपालका बिभिन्न स्थानमा डेरा गरी बस्ने चिकित्सक एवं नर्सलाई घरबेटीले कोठा छोड्न दवाव दिन थालेका छन् । सोझै डेरा छाड भन्न नसक्ने घरधनीहरुले भने स्वास्थकर्मीहरुलाई विभिन्न वहाना वनाएर निरुत्साहित गर्न थालेका छन् ।

अस्पताल गएर जाच गर्नुपर्ने महत्वपुर्ण जिम्मेबारीमा रहेका स्वास्थ्यकर्मीलाई कतिपय घरबेटीले सामाजिक अपराध मानिने ब्यबहार गर्न थालेपछि नेपाल सरकारले गम्भीर रुपमा लिएको छ ।

स्वास्थ्यकर्मी उपर सो अभद्र ब्यबहार घरबेटीले गर्न थालेको जानकारीमा आएपछि सरकारले अब आइन्दा घरबेटीले त्यस्तो ब्यबहार गरेका नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका डा. खेम कार्कीले घरबेटीबाट सो अभद्र ब्यबहार हुनु सामाजिक अपराध भएकोले सरकारले कडा कारबाही गर्ने जानकारी गराए । उनले यस्तो संकटका बेला हौसला दिने, सबै एक भएर कोरोना बिरुद्ध जुटनुपर्नेमा आफ्नो ज्यान जोखिममा राखेर आफनो जिम्मेबारी निर्बाह गरिरहेका स्वाथ्यकर्मी माथि आगामी दिनमा घरबेटीबाट गलत ब्यबहार भएमा सरकार कठोर हुने प्रष्ट पारे ।

निजी अस्पताल पनि कारवाहीमा पर्ने

अर्कोतिर कतिपय निजी अस्पतालहरुले अझै पनि ज्वरो आएर गएका बिरामीहरुलाई छुदै नछोइकन पठाउने गरेका छन । एम्बुलेन्समा अस्पतालमा पुगेका बिरामीहरुलाई छुदै नछोइ फर्काउने गरेको जानकारीमा आएको स्वास्थ्य मन्त्रालयले गराएको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकास देबकोटाले निजी अस्पतालहरुले आफनो जिम्मेबारी पुरा गर्न अनुरोध गर्देै यदि फेरि पनि यस्ता खालका घटना दोहोरिएको थाहा भएमा कारबाही गरिने बताएका छन ।

आफुलाई निकै सम्पन्न र ठुला मानिने अस्पतालहरुले बिरामी जाच नगर्ने गरेको समाचार बारम्बार बाहिर आएको र सरकारले बारम्बार कारबाही गर्ने भन्दै पनि आएको छ तर ८ दिन भैसक्यो न त निजी अस्पतालले सरकारको चेतावनीलाई टेरेका छन न त सरकारले कारबाही गर्ननै सकेको छ । निजी अस्पतालहरु छाडा साढे गोरु जस्ता भएका छन । सरकार पनि छाडा गोरुका सामुन्ने मुकदर्शक बनेको आरोप छ ।

उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले धेरै ठाउमा लकडाउनको पुर्ण पालना हुने गरेको तर कतिपय ठाउमा लकडाउनको उल्लंघन भएकोले थप कडाइ गर्ने निर्णय गरेको छ । सरकारले सातै प्रदेशमा १ हजार ३ सय देखि २ हजार ५ सय सम्म स्वास्थ्यकर्मीको सुरक्षार्थ प्रयोग हुने पीपिए मौजदात समेत रहने गरी पठाएको छ । चीनबाट नेपाल बायुसेवा निगमको वाइडबडी जहाजबाट समान ल्याइएपछि केही तीन दिन अगाडि सम्म रहेको समस्या समाधान भएको छ ।

प्रतिक्रिया