विपीमा १५ थ्रोट स्वाव परीक्षणका लागि पठाइयो– २८ परीक्षणमा कोभिड–१ ९ नेगेटिभ

इनेप्लिज २०७६ चैत १७ गते १६:३२ मा प्रकाशित

मनोज दाहाल । विराटनगर, १७ चैत । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड–१९ को थ्रोट स्वाव परीक्षण शुरु भएपछि आज १५ जनाको नमूना संकलन गरि पठाइएको छ।

प्रदेश नंं. १ का विभिन्न अस्पतालबाट नमूना संकलन परिक्षणका लागि पठाईएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो ।

विपीबाट कोरोना(कोभिड–१९)को परिक्षण शुरु भएपछि रिपोर्ट आउन छिटो हुने उहाँले बताउनुभयो । प्रदेश नं. १ बाट आज सम्म ४३ जनाको कोभिड–१९ को आसब्का नमूना सब्कलन भएको छ जसमध्ये २८ जनाको रिपोर्टमा नेगेटिभ आएको उहाँले जानकारी दिनु भयो ।

यसरी सबकलन भएका नमूनामा मध्येमा विपी प्रतिष्ठानबाट २५, प्रदेश अस्पताल(कोशी)बाट ७, उदयपुर अस्पतालबाट १, मेची अस्पतालबाट ४, संखुवासभा अस्पतालबाट १ , फिदिम अस्पतालबाट ४, सोलुखुम्वु अस्पतालबाट २ जनाको नमूना संकलन भएको हो ।

मन्त्रालयले प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई कोरोना नियन्त्रण सम्वन्धि विभिन्न सामाग्रीहरु वितरणगरेको छ ।

मन्त्रालयले आज सम्म व्यक्तिगत सुरक्षा उपकरण(पीपीइ) सेट तीन सय थान, आईआर थर्ममिटर १७ थान, मास्क २२ हजार दुइ सय थान, ग्लोब्स १८ हजार ६२६ थान, ह्याण्ड सेनिटाईजर ८२१ थान र पीपीई गाउन ३७ वटा वितरण गरेको प्रवक्ता डा. महतोले बताउनुभयो ।

प्रतिक्रिया