‘ठेगाना एप्स’ ले नेपालमा कोरोना भाईरस सम्बन्धी सुचना ट्र्याकिंग गर्ने

इनेप्लिज २०७६ चैत १६ गते २०:५० मा प्रकाशित

विश्व मै अप्रत्याशित रुपमा फैलि रहेको कोभिड-१९ (कोरोना भाईरस) को संक्रमणको बेला नेपालमा वास्तविक र विश्चसनीय तथ्यहरु मात्रै आम जानकारीमा ल्याउने “ठेगाना” को निरन्तर प्रयासमा हामी स्वास्थ क्षेत्रका विज्ञहरु र विभिन्न संस्थाहरुसंग सहकार्य गरि रहेका छौं।

यसै सिलसिलामा “ठेगाना” ले विभिन्न भाषाहरुमा एउटा स्वयम आंकलन गर्ने प्रविधिको बिकास गरेको छ, जसले यो क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुलाई धेरै सहयोग गर्ने छ।

यो भाईरसको संक्रमणले नेपाललाई पनि कठोर संकटमा पार्ने सम्भावना रेहको छ, र सम्भावित संक्रमणलाई सामना गर्ने चुनौती निश्चित रुपमा बृहत हुनेछ। “ठेगाना” ले कोरोना भाईरसको जाँच गरि सकेकाहरु, सामान्य लक्षणहरु महसुस गेरेकाहरु, र संक्रमित व्यक्तिहरुको जानकारी एकीकृत गरि एक ठाऊँमा दर्ता गर्ने, अनि ति केसहरुको अनुगमन गर्ने प्रविधिको विकास गरेको छ। यसले संक्रमणको रोकथाम गर्ने व्यवस्थापनमा सहयोग पुराएर भाईरसलाई निर्मूल पार्ने सम्भावनामा सहयोग गर्ने छ भन्ने हाम्रो विश्वास छ।

यदि तपाईंलाई संक्रमणको लक्षणहरु महसुस भएको छ भने तपाईंले आफ्नो जानकारीहरु यो प्रविधिमा दर्ता गर्नु सक्नुहुन्छ। यो प्रविधिको प्रयोग गर्नु परेको खण्डमा तपाईंलाई सहज होस् भनेर हामीले जानकारीहरु दर्ता गर्दा प्रमाणिकरणको प्रकृया हटाईदिएका छौं। त्यसैले एकदम अपरिहार्य परेको बेला मात्र सत्य तथ्यहरुको जानकारी यो उपकरणमा पेश गरिदिनुहोस् भन्ने हाम्रो आग्रह छ। तर कोरोना भाईरस संक्रमणको राष्ट्रव्यापी स्थितिको जाँच गर्नको लागि हाम्रो म्याप अवलोकन गर्न भने तपाईंलाई जुनसुकै बेला पनि स्वागत छ। तपाईंले दर्ता गर्नु भएको जानकारीहरु संक्रमणको फैलावटमा रोक ल्याउने प्रयासमा सहयोन पुर्याउन सम्बन्धित निकायहरु र स्वास्थ व्यवसायीहरुलाई दिईनेछ।

यदि तपाईंले झुठो, काल्पनिक, या बनावटी जानकारीहरु दर्ता गरिदिनुभयो भने सत्य तथ्यहरुको सहि आंकलन हुने छैन, र त्यसले नचाहिने अव्यवस्था र अराजकताको सृजना हुन सक्छ। अनि यो संकटमा यो उपकरणको उद्देश्यमा गहिरो हानी हुन जान्छ। तसर्थ, यो संकटकालको बेला हाम्रो समुदाय र राष्ट्रको हितको लागि पनि तपाईहरुले गहन जिम्मेवारीका साथ यो प्रविधिको सदुपयोग गर्नु हुनेछ भन्ने हामीले विश्वास राखेका छौं। यदि हामीलाई अनौठो र झुटो जानकारीहरु प्राप्त भईरहेमा हामी प्रमाणिकरणको प्रकृया चालु गर्न वाध्य हुनेछौं, जसले यो तनावग्रस्त वातावरणमा तपाईंहरुलाई नै थप असहजता हुनेछ।

थप प्रश्न र जानकारीहरुका लागि [email protected] मा सम्पर्क गर्न सक्नुहुन्छ।

यो प्रविधिको प्रयोग गर्न यो लिंकमा जानुहोस्:

https://covid19.thegana.services

धन्यवाद!

ठेगाना सेवा

https://www.thegana.services

प्रतिक्रिया