नेपालमा थप एकजनामा कोरोना संक्रमण, लकडाउन बढ्ने संकेत

टंक पन्त २०७६ चैत १४ गते १७:५६ मा प्रकाशित

काठमाडौ । विश्वलाई आतंकित बनाएको कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि चार देखि जारी रहेको लकडाउन लम्बिने सकेत देखिएको छ ।

सरकारले चैत्र १८ अर्थात मार्च ३१ सम्म लकडाउनको घोषणा गरिसकेको छ । छिमेकी मुलुकमा बढदो सक्रमण र बिदेशबाट आएका नागरिकहरुको परीक्षण जारी रहेको र परीक्षण रिपोर्ट आउन पनि बाकी रहने भएकोले लकडाउन बढन सक्ने सभावना रहेको सरकारी अधिकारीहरुले बताएका छन ।

घरमा बसौ र अरुलाई पनि घरमा बस्न प्रेरित गरौ भन्ने सन्देश प्रहरीले माइकिङ्ग गर्दा गर्दै पनि कतिपय मानिसले अटेर गरी बाहिर निस्किएको कारण प्रहरीले आज देखि थप कडाइ गरेको छ तर पनि कर्फयूमा जस्तै साझ ५ बजेपछि मानिसहरु बाहिर निस्किने गरेका छन ।

यो कर्फयूको जस्तो अबस्था होइन र दिउसो निस्कदा संक्रमणले छुने साझ नछुने त होइन त्यसैले कुनै पनि बेला निस्कनु हुदैन अति आबश्यक परेमा मात्र निस्कनुपर्छ —संचार तथा सुचना प्रबिधि मन्त्री एवं नेपाल सरकारका प्रबक्ता डा युवराज खतिवडाले बताउनुभएको छ ।

दिनभरि घरमा नै बस्नुपरेको कारण मानिसहरुमा एक खालको छटपटी जस्तो भएको जसले गर्दा साझ पख कुनै काम नै नपरेपनि इभिनिङ्ग वाक जस्तो गरी मानिसहरु निस्कने गरेको देखिएको छ । बैकर्स बिष्णु पोखरेल भन्नुहुन्छ – दिनको एक केही समय नहिडने हो भने त छटपटी नै हुन्छ त्यसैले पनि कसैको नजिक नपर्ने गरी साझ एक राउण्ड हिडने गरेको छु ।

सरकारले भने नागरिकहरुलाई असहज भएको भएपनि आम नागरिकहरुकै सुरक्षाका लागि लकडाउनको बिकल्प नभएको भन्दै नागरिकहरुलाई परेको अफ्ट्यारो प्रति सरकार सबेदनशील भएको जनाएको छ ।

खाधान्नको अभाब हुन नदिने , अत्याबश्यक सामग्रीको अभाब हुन नदिने गरी सरकार थप गृहकार्यमा जुटेको कारोना रोकथाम .तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिका सयोजक एवं उपप्रधानमन्त्री रक्षा मन्त्री ईश्वर पोखरेलले जानकारी गराउनुभएको छ । उच्चस्तरीय समितिको बैठकले अहिले सम्म भएगरेका निर्णयबारे समीक्षा गर्र्दे तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको छ ।

भारतको कोलकत्ताबाट नेपालको भन्सार बिन्दुसम्म आएर अड्किएका समान नेपाल भित्रयाउन , खाध सामग्री बोकेका ढुवानी , रोकिएको भन्सार बिन्दु देखि बजार सम्मको सडकमा सबारी साधन संचालन गर्न सहजीकरण गर्ने , बिभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट ल्याउदा पुर्ण सुरक्षाका साथ ल्याउने र सबन्धित देशमा पठाउन प्रयास गर्ने तथा कारखाना बन्द भएपछि समस्यामा परेका श्रमिकलाइ गन्तब्यसम्म सुरक्षित रुपमा पुरयाउने ब्यबस्थाका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको सरकारका प्रबक्ता खतिवडाले जानकारी गराउनुभएको छ ।

शुक्रबार उच्चस्तरीय समन्वय समितिको बैठकमा नागरिकहरुलाई दिन सकिने सुबिधा र ज्यालादारी गरेर साझ बिहानको छाक टार्नुपर्नेका लागि आबश्यक सहयोग गर्ने बारेमा पनि छलफल भएको छ । त्यसअघि शुक्रबार नै सातै प्रदेशका मुख्यमन्त्रीसंग उच्चस्तरीय समन्वय समितिका सयोजक पोखरेलले भिडियो कन्फ्रेन्स गर्नुभएको छ ।

उच्चस्तरीय समन्वय समितिले गरेका निर्णय , नीति तथा कार्यक्रमका बारेमा सबै प्रदेश सरकारलाई जानकारी गराउने कार्यान्वयनका लागि थप स्पष्ट हुने गरी सो कन्फे्रन्सको आयोजना गरिएको थियो । त्यसैगरी सो भिडियो कन्फ्रेन्समा प्रदेश सरकारले गरेका काम , त्यहाको अबस्था र समस्या बुझु्ने र केन्द्रिय सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका बारेमा पनि छलफल भएको थियो ।

यता नेपालमा कोरोना भाइरसबाट सक्रमित हुनेको सख्या ४ पुगेको छ । हिजो सम्म तीन जनामा मात्र देखिएको थियो तीन जना मध्ये एक जनालाई सन्चो भैसकेको छ र उनी अस्पतालबाट डिस्चार्ज भैसकेका छन ।

आज शुक्रबार सेती प्रादेशिक अस्पतालमा उपचारत धनगढीका ३४ बर्षीय युवाको कोरोना भाइरस सक्रमण देखिएको छ । उनी सेती अस्पतालमा उपचारत छन । दुबइबाट आएका उनी चैत्र ११ गते अस्पताल भर्ना भएका थिए । राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड १९ पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता बिकास देबकोटाले जानकारी गराउनुभएको छ ।

नागरिक समाजका अगुवा एवं बरिष्ठ चिकित्सक डा सुन्दरमणि दीक्षितले सरकारले जे जे निर्णय गर्देै आएको छ त्यो स्वागतयोग्य छ सबै नागरिकहरुले पुर्ण रुपमा सरकारको निर्णयलाई पालना गर्नुपर्छ तर अब नागरिकहरुलाई पर्न सक्ने अफ्टयारो प्रति संबेदनशील भएर सहयोग गर्नुपर्छ भन्नुभएको छ । डा दीक्षितले खाधान्न पुरयाउन पर्ने ठाउमा कमी हुन दिनुभएन भने नेपाल भारतका सीमानाबाट मानिस आवत जावत गर्न नपाउने गरी पुर्ण रुपमा नियन्त्रण गर्नुपर्ने कुरामा पनि जोड दिनुभएको छ । नेपाल र भारतका दुबै प्रधानमन्त्रीले कुरा गरी कुनै पनि सीमानाबाट मानिसहरु आवत जावत गर्ने स्थिति कतैबाट नहुने ब्यबस्था गर्न डा दीक्षितले सुझाब दिनुभएको छ ।

डा दीक्षितले पुन दोहोरयाएर भन्नुभएको छ —सरकारले गरेको लकडाउन हामै्र नेपाली दाजुभाइ दिदीबहिनीको लागि भएकोले पुर्ण रुपमा पालना गर्न र घरबाट ननिस्कन म बिशेष आग्रह गर्दछु ।

प्रतिक्रिया