तिलोत्तमा नगरपालिकाद्वारा ज्यालादारी परिवारलाई खाद्यान्न वितरण सुरु

टंक पन्त २०७६ चैत १४ गते ४:३६ मा प्रकाशित


काठमाडौ । कोरोना भाइरसको महामारीले नेपाल पनि निकै प्रभावित भएको छ । सरकारले लकडाउन गरेको पनि चार दिन भैसकेको छ भने आम नागरिकहरु उकुसमुकुस हुन थालेका छन ।

अनलाईन रेडियो टीभीमा कोरोना भाइरस बाहेकका समाचार पनि आउदैनन र आउने कुरा पनि भएन । देशभरिका दैनिक , साप्ताहिक , पाक्षिक पत्रिकाहरु आज देखि बन्द भएका छन ।

केन्द्रिय सरकार , प्रदेश सरकार र स्थानीय सरकारले लकडाउनका कारण अफ्ट्यारोमा परेका नागरिकहरुलाई कसरी सुबिधा दिने भन्ने योजना पनि बनाउन थालेका छन भने अधिकांश प्रदेश सरकार र स्थानीय सरकारले क्वारेण्टिनमा राख्नुपर्नेका लागि कलेज , बिधालय लगयातका स्थानहरुलाई ब्यबस्थित बनाएका छन ।

दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिबारका लागि काम गर्ने स्थिति नभएपछि उनीहरु समस्यामा परेका छन । त्यसरी समस्यामा परेका परिबारको पहिचान गरी सहयोग उपलब्ध गराउने कार्यमा रुपन्देहीको तिलोत्तमा नगरपालिका पहिलो भएको छ ।

बिकास र समृद्धिका लागि नगरपालिकाहरुमा पहिलो अग्रस्थानमा रहेको सो नगरपालिकाले आफनो नगरपालिका भित्र दैनिक ज्यालादारी गरी साझ बिहान गुजारा गर्ने परिबारको संख्या पहिचान गरेको छ ।

नगरपालिका मेयर बासुदेब घिमिरेले आफु , आफनो नगरपालिका र अन्य गरी करीब ७ सय कर्मचारीबाट तीन दिन बरबारको तलब सुबिधा राहत कोषमा जम्मा गरी नगरपालिकाले अहिले सम्म एक करोड जम्मा समेत गरिसकेको छ । मेयर घिमिरे आफुले सो कोषमा ५० हजार जम्मा दिनुभएको छ । जुटेको सहयोग र नगरपालिकाको तर्फबाट गरी दैनिक ज्यालादारी गरी साझ बिहान गुजारा चलाउनेको परिबार २ हजार पहिचान भएको र ती परिबारलाई आजै देखि प्रति परिबार १० किलो चामल , दाल र नुन बितरण कार्य समेत प्रारम्भ भएको मेयर घिमिरेले जानकारी दिनुभएको छ ।

एक हप्ताका लागि प्रति परिबार १० किलो चामल , दाल र नुन बितरण प्रारभ गरिएको र एक हप्तापछि कस्तो परिस्थिति हुन्छ सो अनुसार निर्णय गर्ने जानकारी दिदै मेयर घिमिरेले आफनो नगरपालिका भित्र कोही पनि खान नपाएर बस्ने अबस्था सिर्जना नगर्ने , कसैलाई पनि कोरेण्टीनमा बस्न परेमा त्यसको अभाब हुन नदिने , आबश्यक उपचार गर्नबाट बञ्तित नगर्ने गरी नगरपालिकाले तयारी गरेको स्पष्ट पार्नुभएको छ । यस संकटको घडीमा नगरपालिकाले एक महिनाको घरबहाल कर पनि छुट दिने निर्णय पनि गरेको छ ।

हालै मात्र सिगो नगरपालिका पोलिथिनमुक्त घोषणागरेको सो नगरपालिका बिकास र समृद्धिका दुष्टिले सबै भन्दा अगाडि देखिएको छ । नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि प्रत्येक वडा गाउ टोल निकै सुधार भएको प्रत्येक नागरिकले नगरपालिकाको समृद्धिको अभियानलाई मुक्तकण्ठले स्वागत गर्र्दे सहकार्य पनि गर्र्दे आएका छन ।

प्रतिक्रिया