भूकम्प गएको सम्झनामा योमरी ग्रुप अफ कम्पनीले जापानमा मास्क वितरण गर्ने

इनेप्लिज २०७६ फागुन २८ गते १५:५३ मा प्रकाशित

आज ई.सं. २०११ मार्च ११ का दिन  जापानमा  विनासकारी  भूकम्प गएको सम्झनामा  शिबुया मण्डला रेस्टुरेन्टको अगाडि मास्क वितरण गरिंदैछ l

कोरोना भाईरसका कारण जापानमा मास्कको अत्यन्त अभाब भई रहेको अवस्थामा योमरी ग्रुप अफ कम्पनी जापान अन्तर्गतका नेपाली रेस्टुरेन्ट मण्डला शिबुयाको अगाडि   निशुल्क मास्क वितरण गर्ने भएको छ l

उक्त कम्पनीले २०२० मार्च ११ तारेख बुधवार ४ बजे देखि निशुल्क मास्क वितरण गर्ने कुरा कम्पनीका प्रबन्ध निर्देशक सुनिल कुमार शाक्यले जानकारी दिनुभयो ।

कोरोना भाईरसले गर्दा जापानमा हाल मास्कको अत्यन्त अभाब भएको र जापान हाम्रो कर्म भुमी भएको हुनाले जापानी र जापानप्रती कृतज्ञता जनाउन र नेपालीहरु पनि दूखमा साथ दिन्छन् भन्ने सन्देश छर्नको लागि पनि आफुहरुले यस्तो कार्यक्रमको आयोजना गर्न लागेको कुरा शाक्यले बताउनुभयो ।

प्रतिक्रिया