कबिता :- सन्दर्भ -:नारिदिबसको ..

शारदा क्षेत्री हाल न्युयोर्क २०७६ फागुन २५ गते ११:५४ मा प्रकाशित

नारि दिबस को सबैलाई शुभकामना ।
सुखदुख साटि बाडौं सबैमा सद्भावना ।।
देशमा हामिसबै नारि एकजुट हुनुपर्छ ।।
पिछडिएका नारिको आवाज उठाउनुछ ।

शसक्ति करण मा नारिको नाम लेखाइ सके ।
नारिको को शक्तिशाली ममता देखाई सके ।।
अहिले चारैतिर सबैकाममा नारिअगि …हुदै ।
बिस्वमा नारिको ,आवाज )बुलन्द गराईसके ।।

आधा आकाश सिंगै धर्ति ढाकेका नारि ।
पुरुषको बोलाबाला सधैं नारि पछि पारि ।।
अन्धाकानुन को रिति नीति सबै तोडनु पर्छ ।
नारि, हत्या ,हिंसा ,बलत्कार ,निर्मुल पार्नुपर्छ ।।

देशका कुना कुनामा पिछडिएका नारिहरुलाई ।
अग्रिम महिला जानुपर्छ सचेत गराउन लाई ।।
आफु पोष्टमा पुगे पछि गाउँ घरका नारि नभुलौ।
नारिले नारिको खु्ट्टातान्दै भेदभाव …… नगरौ ।।

आकाशमा उडाउने गुडाउने हुदै स्वर्ण पदक जिते नारिले।
देबि,सरस्वती,लच्छिमिको शक्ति पनि देखाईसके छोरिले ।।
अब यो पा्र्टि उ पार्टीका नभनि हामि अगि …बड्नुपर्छ ।
एकजुटभयर भाबि सन्ततिलाई हामीले देश बचाउन पर्छ

चरम सिमा नाघेको छ हत्या हिंसा बलत्कारले देशमा ।।
कानुनको कठघरामा पुर्‍याउने माग गरौ यो केशमा ।।
सिंहदरबार देखि गाउँपालिका सम्म ५० :५० .बनेर।
देश हाक्न सक्छौ हामी अब नारि एक जुट भयर ।।

गुलाब को काडा भित्र को फुल जस्तैः फुल हुन नारि ।
आफ्नो सबैदुख चिन्ता लुकएर मायाममताले भर्छिन नारि ।।
पुरषको बोलाबाला अब देशमा चल्दैन बराबरि गर्नुपर्छ ।
समान बेबहार न्याय कानुन मा नारिशक्ति अगिबडाउनुछ ।।

 

प्रतिक्रिया