रुपा गाउँपालिकामा उपाध्यक्षसंग महिला र बालिका कार्यक्रम अन्तरगत किशोरी सचेतना कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ फागुन १८ गते १७:१० मा प्रकाशित

कास्की । ०७६ फागुन १८ गते

रुपा गाउँपालिकामा उपाध्यक्षसंग महिला र बालिका कार्यक्रम सुरु भएको छ । गाउँपालिकाका सबै वडामा सञ्चालन गरिने सचेतना कार्यक्रम अन्र्तगत सुरुवात वडा नं ५ देउरालीमा किशोरी सचेतना कार्यक्रम सम्पन्न भयो ।

रुपा गाउँपालिकाको आयोजना तथा मानवअधिकार समुहको सहकार्यमा भएको किशोरी सचेतना कार्यक्रम बोल्दै रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले सचेतना कार्यक्रमले किशोरीहरुलाई घर विद्यालय र समाज सक्षम बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

‘सामाजिक बिभेद , यौनजन्य हिंसा घटना बारे सचेत गराउनुका साथै कानुनी ज्ञान समेत दिने कार्यक्रमको उद्धेश्य हो ’ गुरुङले भन्नुभयो ,‘हिसांलाई रोक्न प्रयासरत छौं तरपनि कहिले काहीँ हिंसामा परिहाले के गर्ने भन्ने बारेमा थाहा नहुन सक्छ त्यसकारण कार्यक्रम गरिएको हो’ ।

वडा नं ५ का अध्यक्ष टेक बहादुर गुरुङले सचेतना कार्यक्रमले किशोरीहरुलाई शारिरीक र मानसिक रुपमा सक्षम बन्न सहयोग गर्ने बताउनुभयो ।

इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले किशोरी सचेतना अन्तरगत मानव बेचविखन , यौन जन्य हिंसा , बलात्कार जस्ता हिसांबाट किशोरीमा पर्ने असर र त्यसको न्युनिकरणका बारेमा सहजिकरण गर्नुभएको थियो ।

गाउँपालिका स्तरिय महिला सञ्जाल सचिव सविता श्रेष्ठले किशोरीहरुलाई मात्रै नभइ अभिभावकहरुलाई पनि समग्र मानवअधिकारका विषयमा सचेत गराउनु पर्ने भनाइ राख्नुभयो ।

इन्सेक सहजकर्ता तिर्सना तिमिल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा विश्वशान्ति माबीका प्रधानध्यापक हरिराज घिमिरे , वडा नं ५ सदस्य राजन खनाल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा वडा भित्र रहेका विभिन्न विद्यालयका विद्यार्थी , महिला समुह, शिक्षक लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया