ओलि सरकारका दुई बर्ष उपलब्धी र कमजोरीहरु

टेकराज पौडेल ,सिकागो यू एस ए २०७६ माघ २१ गते ११:२७ मा प्रकाशित

टेकराज पौडेल ,सिकागो यू एस ए

कुनै पनि मुलुक रातारात बन्दैन । युरोप अमेरिका वा अन्य देशहरुको बिकास क्रम हेर्दा पनि बिकासको लागि करिब ३००/४०० बर्षको ईतिहास त छदै छ । देश बन्नको लागि राजनैतिक नेतृत्व , कर्मचारी, नागरिक समाजको भुमिका र देशको भुबनौट पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।एउटा मात्र पक्ष मात्र सक्रिय रहदा वा साथ दिदा अरु निस्कृय रहदा देशले अपेक्षित सफलता हासिल गर्न सक्दैन ।

गत २ बर्ष अघि आजैको दिन सरकार जिम्मा लिएका प्रधानमन्त्री ओलिले आफ्नै पार्टीबाट बहुमत र संघीय समाजबादीको साथ र समर्थनमा दुई तिहाई सरकार चलाउने अवसर प्राप्त गरेका थिए, छन । नया संघीय सम्रचना अनुसार केन्द्रमा बसेका कर्मचारीहरु स्थानिय तहमा जान लामो समय आनाकानी गरे । कर्मचारीहरुको मनोबिज्ञान बुझेर उनिहरुको राय सुझाब र सम्लग्नतामा के कस्ता अवसर शृजना गरेर खुशी साथ कर्मचारीहरुलाई स्थानिय तह र प्रदेशमा खटाउनु सकिन्छ भनी लाग्नु पर्नेमा सामान्य प्रशासन मन्त्री लालबाबु पन्डितको हुकार र आदेश तामेली शैलिमा खटनपटन गर्ने गराउने तरिकाले गर्दा करिब एक बर्ष सम्म खटाएको ठाउमा कर्मचारीहरु जान मानेन । अध्यादेश मार्फत कर्मचारी समायोजनको कानुन लिएर कर्मचारीहरु बाध्यताबस हाल काममा त छन तर सरकारले ठिक ढङ्गबाट कर्मचारी परिचालन गर्न जानेन भन्ने जन गुनासो छ ।

राजनैतिक नेतृत्वको महत्वपूर्ण क्षेत्र भनेको सरकार हो । यो दुई बर्षमा प्रधानमन्त्री ओलिमा बिकासको लागि निकै हुटहुटी छ भनेर भन्नेहरु धेरै छन । प्रधानमन्त्री ओलि बिरामी हुदा हुँदै पनि दिनको १८ घन्टा खटने जुन दिनचर्या छ । बिकासको लागि उनी निकै लागेको छन यसबाट बुझ्न सकिने धेरै कुरा छ कि उनी आफ्ना मन्त्री र स्थायी सरकार भनेर चिनिने ब्युरोक्यार्टसङ्ग त्यति खुशी देखिदैन ।ओलि बिकासमा फड्को मार्ने सोचमा भएको देखिन्छ ।तर उनको गतिमा हिड्न कोहि सकेका छैनन, त्यही भएर उनी मन्त्री र सचिबहरुसङ्ग कामको करार सम्झौता गर्ने गरेका छन।

प्रधानमन्त्री ओलिको महत्वोपुर्ण कार्य भनेको आउने दिनमा कहिल्लै पनि कसैले नाकाबन्दी हुन नपर्ने अवस्था शृजना गरेका छन ।चाइनामा रहेको समुन्द्री बन्दरगाह ३ वटा र सुख्खा बन्दरगाह ३ वटाको उपयोग पाउने गरि गरेको सम्झौता र चाइनिज रास्ट्रपतिको भ्रमण सहित करिब साढे सुई दर्जन परियोजनामा हस्ताक्षर गराउन सक्नु महत्त्वपूर्ण उपलब्धिको रुपमा लिन सकिन्छ ।भारत सङ्ग गरिएको पेट्रोलियम पाइप लाइन बिस्तारको सम्झौता र कार्यसम्पन्न भै काम शुरु हुनुलाई पनि राम्रो कामको रुपमा लिनु पर्दछ । कलकत्तामा उपयोग गरिरहेको पानी जहाज नेपाल भन्दा ६४ किमिको दुरिमा कालुघाट मै बन्दरगाह बनाउने कामको पनि महत्वपूर्ण योजना अघि बढ्नु राम्रो हो । देश भित्र सन्चालनमा रहेका रास्ट्रीय गौरबका २२ वटा योजनाको बालुवाटार मै अप्रेसन क्यामरा राखेर अनुगमन र रेखदेख गरेको देखिन्छ । राजस्व बिभाग र रास्ट्रीय अनुसन्धान बिभागलाइ प्रधानमन्त्रीको मातहत राखेर अगाडि बढाइरहदा राजस्व चुहावट गरेका करिब २०० वटा फर्महरुलाई कार्बाहिको घेरामा ल्याई करिब ३२ अरबको ठगी गर्ने गर्नेको विरुद्ध अख्तियार हुँदै अदालतमा मुद्धा चलाएका छन ।यसै गरि गत बर्ष सम्म ८००० को सन्ख्यामा रहेका सरकारलाई राजस्व तिर्नु पर्ने फर्महरुको सन्ख्या बढेर यो बर्ष ३२००० पुग्नु प्रधानमन्त्रीले यो बिभाग आफैले लिनुको सार्थकता झल्किएको छ ।

सरकारले यो बर्षसम्म मेलम्ची खानेपानी योजना यो बिचमा सम्पन्न भै पानी बितरण भैसक्नु पर्ने हो यस्मा ओलि पुर्ण असफल रहे र बिकास मन्त्रालयले गरेका कम्जोरी बाहेक यो सरकारका अन्य मन्त्रालयका मन्त्रीहरुको कार्यक्षमतामा खास कम्जोरी देखिएको छैन । गृहमन्त्रीको हिसाबले शान्ती शुरक्षाको स्थिती राम्रो देखिएको भए पनि कंचनपुरको निर्मला पन्तको बलात्कार पछिको हत्याको कारण अपराधी पत्ता लगाउन नसक्नु नेपाल प्रहरी प्रर्तिको बिस्वास कम भएको छ भने सबल पक्षमा गृहमन्त्रीले आफ्नै भाईको गिरफ्तारी, सभामुखको महिला हिन्शा माथिको छानबिन ,पुर्व मन्त्री अफ्ताब आलमको गिरफ्तारी र ३३ केजि सुनको खोजबिन गर्ने सिलशिलामा ३८ क्युन्टल सुन तस्करी भएको पत्ता लगाउदै त्यसमा सम्लग्न ४७ जनाको गिरफ्तारी र ६८ जना माथिको मुद्दा यो अवधिका गृहमन्त्रीका महत्वपूर्ण सफलता हुन ।

२०४८ साल देखिका विभिन्न सरकारले ललिता निवासको १२१ रोपनी जग्गालाइ ब्यक्तिको नाम दिइएको थियो उक्त जग्गालाई छानबिन गरि सरकारीकरण गर्ने निर्णय गर्नु अत्यन्त सकारात्मक काम थियो । जग्गालाइ ब्यक्तिको नाममा गर्ने उपर सिबिआइ र अख्तियारलाई सकृय बनाउने कामको पनि मुक्त कन्ठले प्रशम्शा गर्न पर्ने ठाउँ छ ।

२ बर्ष अघि हरेक दिन सरकार र सरकार नियन्त्रीत निकायबाट आउने समाचार नकारात्मक सुनिदै आएकोमा यो अवधिमा जाने बुझे सम्म सके सम्म सरकार जानी बुझी गलत गर्ने नियतमा छैन कि भन्ने देखिएको छ ।

सरकारले किसानलाई राहतका कार्यक्रम र योजना ,मजदुरहरुको लागि कार्यक्रम , बेरोजगार युबाहरुलाइ १०० दिनको रोजगारी, बृद्धअबश्थाका लागि ३००० मासिक भत्ता, बिद्ध्यालयमा दरबन्दी र खाजा ,जस्ता मानव बिकासका क्षेत्रमा देखाएको चासो भर्स्ट्रचार नियन्त्रणमा देखाएको दृढता निश्चय नै उपलब्धिमुलक छन ।नवलपरासी र तनहुमा उत्खनन बाट फलाम खानी , दैलेखको पेट्रोल र ग्यास उत्खनन पनि नोटिस मै राख्ने सक्ने काम भएका छन ।

ओलिले सरकारको जिम्मा लिइसके पछि खास गरि कुनै पनि सूचकहरूमा नेपाल नकारात्मक अवस्थामा छैन । पहिला यो सुचकमा अगाडि थियो र हाल यो सुचकमा पछाडि पर्यो भन्ने एउटा पनि त्यस्तो सूचक छैन । ओलिले सरकार सम्हालेका हरेक सूचकहरूले देशको प्रगति, अग्रगति र उपलब्धिको स्थिति नै देखाइरहेका छन् ।

विश्व बैंकले हालै प्रकशित गरेको व्यवसाय सम्बन्धी सूचाकाङ्क (डुइङ विजनेश इन्डेक्स) )मा नेपालको लगानी गर्न उपर्युक्त व्यवसायिक वातावरणमा उल्लेख्य सुधार भएको देखाएको छ । गत वर्ष ११० औं स्थानमा रहेको नेपाल यस वर्ष ९४ औं स्थानमा उठेको छ । यो एक वर्षमा हामी विश्वस्तरमा नै १६ स्थान अगाडि बढेका छौं ।यो बर्ष मात्र ब्यबसाय र लगानी गर्न करिब १ खरबको लगानीमा ब्यबसाय शुरु हुँदै छ ।

संयुक्त रास्ट्रसंघ मानव विकास प्रतिबेदनले यो बर्षको सूचाकाङ्क सार्वजनिक गर्दा नेपाल १४९ औंबाट १४७ औं स्थानमा बढेको देखाएको छ , अथवा २ स्थान माथी चढेको देखाएको छ । ।

खाध्य सुरक्षामा ध्यान दिएको सरकार ले यो बर्ष प्रतिबेदनले विश्व भोकमरी सूचकांकमा अहिले नेपालको स्थिति सुध्रिएको छ र यो ७३ औं स्थान (२०.८ प्राप्तांकसहित) मा रहेको छ ।गत बर्ष यो सुचाक तल थियो । यसले पनि प्रगति र विकासको संकेत गरेको छ ।

यसै गरि ग्लोबल पिस इन्डेक्समा पनि नेपालको शान्ति सुव्यवस्थाको स्थितिमा सुधार भएको देखाएको छ   विश्व शान्ति सूचक (ग्लोबल पीस इन्डेक्स) मा नेपालले बिस्वका १६५ देशमा गरेको एक सर्वेमा यस बर्ष नेपालले १२ बिन्दुले सुधार गरि ७६ औ अन्क प्राप्त गरेको देखिएको छ । बंगलादेश १०१ औं स्थान, चीन ११० औं स्थान, भारत १४१ औं स्थान र पाकिस्तान १५३ औं स्थानमा रहेका छन् । अथवा हाम्रो स्थिति यो धेरै अगाडि आएको स्थिति हो । बिगतमा राम्रो स्थिती भएका देशहरुलाई उछिन्नु निश्चय पनि सकारात्मक सन्केत हो ।नेपालले हालको अवस्थालाई अझ निकट भविष्यमा राम्रो अवस्थामा पुर्याउन सक्छ  । नेकपा चन्द समुहका यस्ता केही गतिबिधी रोक्न सकेमा यसले अझ प्रभाबकारी भुमिका खेल्न सक्दछ ।

बिगतमा कानुन भन्दा बाहिरका धेरै गतिबिधी हुने स्थितिबाट यो बर्स विधिको शासनको सूचकमा नेपाल २ स्थान माथि उठेको छ । गत वर्षभन्दा यस बर्ष क्रमशः यो माथि जाँदै छ । विश्वका १२६ देशहरूमध्ये नेपाल ५९ औं स्थानमा रहेको छ । बिगतको बर्षमा भन्दा यो बर्स १३ अन्क बढी ल्याएको छ ।
भ्रष्टाचार नियन्त्रण र पारदर्शिता सम्बन्धी सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स) मा १२४ औं स्थानबाट ११३ औं स्थानमा पुगेको छ । यो बर्स नेपाल ११ औ स्थान माथी चढेको छ ।

विश्वव्यापी खुशी मापन सूचक (ह्याप्पीनेश इन्डेक्स) मा नेपाल भुटान पछिको स्थानमा आइपुगेको छ । खुशी मापनमा पनि नेपाल अहिले ३ स्थान माथि उठ्न सकेको हो  ।

नेपाल सरकारको मन्त्रालय तहमा हुने आर्थिक–सामाजिक कार्यसम्पादन र संस्थागत मूल्याङकनसम्बन्धी विश्व सूचक (कन्ट्री परफमेन्स एण्ड इन्सिच्यूशनल एसिसिमेन्ट–सीपीआइए) मा हाम्रो मुलुक (३.४ बाट ३.५) एक तह माथि उक्लेको छ ।

विश्वका धेरै देशमा हुने बिबिध विषयमा सुचना सन्कलनको प्रतिस्पर्धासम्बन्धी सूचकमा पनि १ स्थान (१०९ औं बाट १०८ स्थान) माथि उठेको छ ।
नेपाल सरकारले तेश्रो लिङ्गी सम्बन्धी बनाएको कानुन र महिला शशक्तिकरण सम्बन्धी कामको लेखाजोखा गर्दै लैङ्गिक समानताको विश्व सूचकमा गत वर्षभन्दा १ स्थान माथि उठेको छ ।

गत वर्ष नै हामी अगाडि थियौं, त्यसमा पनि कानुन निर्माण र प्रतिनिधित्वको हिसाबले महिला बाल्बालिका र बृद्धअबश्थामा गरिने रेखदेख र अन्य ब्यबस्थाको हिसाबले यस वर्ष अलिकति माथि उठेको अवस्था रहेको छ ।

विश्व भ्रमण तथा पर्यटनसम्बन्धी सूचकमा नेपाल १ अन्क अघि बढेको छ । टुरिजम कम्पिटेटिभ इन्डेक्समा नेपाल फेरि १ स्थान माथि उठनुमा नेपाल भ्रमण बर्षको पनि प्रभाब हुन सक्दछ  ।

नेपाल यसरी विश्व सूचकहरूमा अनेक कोणबाट अगाडि बढेको कारण पनि सरकार ठिक ढङ्ग्बाट अघि बढेको छ भन्ने देखाउछ । बिस्वका बिभिन्न निकायहरुले गरेका सर्वेक्षणहरुमा नेगेटिभ सूचकहरूप एउटा पनि छैनन् । यी विषयहरुमा हामिले गर्व गर्न सक्दछौ कि हाम्रो सरकार ठिक तरिकाबाट अघि बढ्न खोज्दै छ ।हाम्रा प्रयासहरुमा अझै कमि होला । तर थालेका प्रयासहरु ठिक ढङ्गबाट इमान्दार साथ काम गरि दिने कर्मचारीको कारण पनि कहि कतै समस्या होला । बिगत ४७/४८ साल देखि हामिले अबलम्बन गरेको देशको राजनैतिक छायामा काम गर्ने र गराउन चाहने शक्ति कर्मचारीका कारण पनि अप्ठ्यारो होला ।

सरकारका कमजोरीहरु

१) बिकासको बजेट कार्यन्वयन गर्ने भनेका कर्मचारी हुन । संघमा बसी तर मारिरहेका कर्मचारी दुरदराजको गाउँ खुशिले जादैन भन्ने समय मै बुझेर एउटा गफाडी मन्त्रीलाई जिम्मा दिनुको साटो प्रधानमन्त्रीले नै विशेष पहलकदमी लिएर उनिहरुलाई नै लौ अब संघीयता कार्यन्वयन गर्न के कस्ता नीति नियम र सेवा सुबिधा चाहिन्छ भनेर उनिहरु सम्लग्न कमिटी बनाएर वा मन्त्री सहित केही बिज्ञ टोलिको निर्माणबाट अघि बढ्न नसक्नुका कारण करिब १५ महिना सम्म प्रदेश र स्थानिय तहमा पठाउन नसक्नु एक कमजोरीको रुपमा लिन सकिन्छ।

२) नेताहरुको जुँघाको लडाइ रहेको प्रदेश सदरमुकाम तोक्न समय मै प्रक्रिया शुरु गर्न नलगाउनु पनि कम्जोरिको रुपमा लिन सकिन्छ ।

३) सरोकारवालाहरुको सम्लग्ना बिना ल्याएको गुठी बिधेयक फिर्ता गर्नु पर्ने बाध्यता शृजना हुनु पनि सरकारको अर्को असफलता हो ।

४) यातायात क्षेत्रको सिन्डिकेट हटाउन ठूलो हल्ला खल्ल्ला भए पनि सरकार बनेको शुरु मै शुरु गरेको यो कार्यक्रम अलपत्र हुनुले पनि सरकारको पहिलो गाँस मै ढुङ्गा लागेको भन्न सकिन्छ ।

६) ह्वाइट बोडि बिमानको अन्तिम किस्ता रकम भुक्तानी हुनु अगाबै महालेखा परिक्षकको प्रतिबेदनले गडबड छ भन्दा भन्दै जहाजको अन्तिम किस्ता बुझाएर जहाज ल्याइहाल्ने हतारो पनि सरकारको अर्को असफलता देखियो ।

७ ) यति होल्डिङ्ग सङ्गको कारोबारमा सरकार किन यति उदार हो भन्ने आरोपको पनि सरकारलाई रक्षात्मक बनाउने स्थिती बन्यो ।

८) अमेरिकी सहयोग एमसिसीमा सरकार निरीह देखियो ।बाहिर बाहिर बिना आधिकारिक सुचना र प्रमाण बिना जेपायो त्यही प्रचार भैरहदा सरकारले त्यस बारे कुनै आधिकारिक फोरम बनाएर सबाल जबाफ गर्न आबश्यक ठानेन ।त्यति मात्र होइन सत्ता धारी आफ्नै पार्टीका केन्द्रिय समितिमा कुरा उठ्ने अवस्था हुन्जेल कानमा तेल हालेर बस्नु पनि सरकारको लाचारी प्रस्तुती बाहेक केही देखिएन ।

९)जनता सङ्ग प्रत्यक्ष सरोकार राख्ने कर्मचारी, शिक्षक र प्रहरिहरुलाई बदलिदो परिस्थिति र जनताको बढ्दो चेतना अनुसार समय अनुकुल चल्न सिकाउने कुनै कार्यक्रम ल्याउन नसक्दा सरकारले जबरजस्ती निकै दुखका साथ सुधार गरिएका सुचान्क भन्दा यी सरोकार पक्षहरुले दिने सेवामा दुरदराजका जनताहरुले राहत महशुश गर्न सक्थे त्यसो हुन सकेको छैन ।

१०) मिडिया र नागरिक समाज सरकार सङ् किन सकारात्मक छैनन ? यो बारे सरकारका बसेका मान्छेहरु किन सचेत छैनन ।

११) प्रधानमन्त्रीसङ्ग समृद्ध मुलुक बनाउन सक्ने गरि नेतृत्व दिन सक्ने थुप्रै मन्त्री हुन सक्ने मान्छेहरु नेकपामा छन । सरकारको प्रबक्ता इमान्दार र योग्य हुदा हुँदै पनि वहामा भएका स्वभाबजन्य कुराले पनि सरकारले जस पाउन सकेको छैन ।

अत : सरकारले आफ्ना कम्जोरी नदोहोर्‍याउने गरि देखिएका कमजोरीहरुलाइ सच्चाउन सक्ने हो भने ढिला भैसकेको छैन ।नियत नै सरकारको ठिक छैन भनेर अहिले सम्म कसैले भनेको छैन ।तर नियत ठिक हुदैमा गरि पुर्याउन नसक्ने हो भने पनि बान्छित उपलब्धी हासिल हुन सक्दैन ।

प्रधानमन्त्री ज्यु ,

देखिएका कमजोरी हटाउदै जानुहोस ।तपाईंको नियत ठिक छ ।समृद्धि हासिल गर्ने तपाइमा छट्पटी छदै छ ।
सफलताको शुभकामना आगामी तीन बर्षमा मुलुकले अझ धेरै हासिल गर्न सक्नेमा हामी ढुक्क छौ ।

प्रतिक्रिया