क्यानडामा बृहत टोपी दिवस सम्पन्न

इनेप्लिज २०७६ पुष १९ गते १८:०७ मा प्रकाशित

टोरन्टो, क्यानडा। एनआरएन क्यानडा, नेपाली साहित्य समाज क्यानडा एनसीसी, एसीसी( कम्युनिटी हाउस)र कास्की समाज क्यानडाको संयुक्त आयोजनामा गत जनवरी १ तारिख 2020 का दिन “हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान” भन्ने नाराका साथ सातौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवश भव्य रूपमा मनाइएको जानकारी पत्रकार, क्यानडाका एनआरएन अभियन्ता एवं कार्यक्रमका संयोजक गोपीकृष्ण काफ्लेले दिनुभएको छ ।

उक्त कार्यक्रममा हाम्रो संस्कृति र परम्परा झल्कने खालका पहिरन र नेपाली टोपी सहित उपस्थित महानुभावहरुले नेपाली टोपीको महिमा र भ्रमण वर्ष 2020 को विषय मा प्रकाश पार्नु भएको थियो।

प्रमुख अतिथि अन्टारियो मिनिष्टर परममित सरकारिया विशेष अतिथि एम पी पी दिपक आनन्दले समेत उक्त कार्यक्रम मा संबोेधन गर्नु भएको थियो।

एनआरएन उपाध्यक्ष विजय पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम मा नेपाल साहित्य समाज का अध्यक्ष रविन थपलियाले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रम संयोजक गोपी कृष्ण काफ्लेले टोपी को उत्थान महत्व र क्यानडा मा गरिएका कार्य हरु को बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो।

एसैगरी उक्त कार्यक्रम मा कम्युनिटी हाउस( NCCACC)का अध्यक्ष तुलसी सापकोटा ले संस्था को औचित्य बारेमा प्रकाश पार्नु भएको थियो। उक्त कार्यक्रम मा एनआरएन आइसीसीका मानार्थ सदस्य रविन्द्र घिमिरे, एनआरएन क्यानडा का सल्लाहकार ढुण्डिराज खनाल, प्रवासी नेपाली एकता मन्च बाट महासचिव अशोक खड्का एन सी सी एस बाट अध्यक्ष विदुर केसी , जनसम्पर्क समिति बाट अध्यक्ष सुरेन्द्र खड्का ,जन सम्पर्क समिति बाट महामन्त्री वसन्त कार्की महिला चौतारी बाट गिता दवाडी, जनजाति महासंघ बाट उपाध्यक्ष याम गुरुङ, क्रिकेट क्लब बाट किरोज श्रेष्ठ, कम्युनिटी हाउस बाट महासचिव वाल चन्द्र श्रेष्ठ,ले टोपी दिवस तथा भिजिट नेपाल 2020 को विविध पक्षमा आफ्ना धारणा राख्नुभयो। कार्यक्रम मा पुर्व एनसी एनसी का अध्यक्ष गायक तथा सर्जक गोविन्द घिमिरे ले गीत, हेमराज काफ्ले, अशोक खड्का किशोर ढकाल लगायतले कविता वाचन समेत गर्नु भएको थियो। एनआरएन क्यानडा सल्लाहकार मुगा राजभण्डारी,डा.नारायण रेग्मी, प्रवक्ता दिनेश खतिवडा, एनआरएन क्यानडा सेन्ट्रल रिजन का हेल्प डेस्क कोअर्डिनेटर राम क्षेत्री, नेवागुठी का सुरेन्द्र लाल श्रेष्ठ, मगर संघ बाट रमेश राना एनसी एनसी महासचिव वेदनिधि गौतम लाली गुराँस क्लब बाट कृजल केसी, पुर्ण कडेल समेत ले कार्यक्रम मा सहभागिता जनाउनुभएको थियो।

कार्यक्रम मा कास्की समाज का अध्यक्ष रमेश केसी ले सबै लाई धन्यवाद दिदैं कास्की समाज कार र्याली को रूट को बारेमा बताउनुभयो।

कार्यक्रम समापन गर्दै एनआरएन उपाध्यक्ष विजय पौडेल ले अव कुरा होइन काम गर्न पर्ने कुरा राख्नु भयो। कार्यक्रम को सञ्चालन एनआरएन क्यानडा का महासचिब पिताम्बर भट्टराई गर्नु भएको थियो।

कार्यक्रम को प्रायोजन गर्ने वकिल रमेश कार्की तथा एभरेष्ट तेक्वान्दो का प्रोपाइटर तथा घर जग्गा व्यवसायी धिरेन्द्र शाही एवम् जलपान को जिम्मेवारी ग्रहण गर्ने NCCACC का पदाधिकारी हरू तुलसी सापकोटा, मुगा राजभण्डारी, सीएम उप्रेती, वासु लम्साल, रविन्द्र घिमिरे डा.नारायण रेग्मी ,वाल चन्द्र श्रेष्ठ, गोपी कृष्ण काफ्ले, सन्तराज भण्डारी तथा कास्की समाज क्यानडा लाई विशेष दिइएको छ ।

पहिलो कार्यक्रम पश्चात कास्की समाज आयोजनामा भिजिट नेपालको स्टिकर कारमा टास्ने र कार र्यालीको उदघाटन गर्दै अनटारियो मिनिष्टर परममित सरकारिया ले कार्यक्रम को सफलता को शुभकामना दिनुभयो ।

कार र्याली केनेडी बाट शुरू भएर ब्राम्टन र मिसिसागा शहर परिक्रमा गरेर समापन भएको थियो। कास्की आदर्श समाज का ग्लोबल संरक्षक गोपी कृष्ण काफ्ले ले संस्थाले राम्रो काम को शुरूआत गरेको र भविष्यमा पनि निरन्तर स

क्रिय रहेर काम गर्दै जाने विश्वास व्यक्त गर्नुभयो।

कास्की समाज का अध्यक्ष रमेश केसी उपाध्यक्ष वासु लम्साल कलाधर वास्तोला महासचिव किरण गौतम सल्लाहकार सुर्य सापकोटा लगायत सम्पुर्ण कास्की समाज का पदाधिकारी लाई धन्यवाद ब्यक्त गरिएको थियो भने भिजिट नेपालको स्टिकर उपलब्ध गराइदिने तथा स्वयमसेवक को भुमिका निर्वाह गर्ने एनआरएन क्यानडा युथ कोअर्डिनेटर ईश्वर खत्री एनसी एनसी का अध्यक्ष सन्त राजभण्डारी कोषाध्यक्ष भुमिराज घिमिरे र जम्मा भएर कार्यक्रम अत्यधिक सफल बनाउन सहयोग गर्ने सबै नेपाली मनलाई पनि धन्यबाद दिइएको छ ।

प्रतिक्रिया