एनआरएनए चीनमा रक्तदान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ मंसिर ९ गते ११:४१ मा प्रकाशित

चीनको औधौगीक सहर गोन्जाउमा रहेका नेपालीहरूले रक्तदान गरेका छन्।नेपालीहरूले औपचारिक रूपमा पहिलोपटक यति ठूलो परिमाणमा रक्तदान गरेका हुन, गोन्जाउ स्थित नेपाली महावाणिज्य दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए, चीन) मिलेर नेपाल भ्रमण वर्षको प्रचार प्रसारसँगै रक्तदान कार्यक्रमको आयोजना गरेका थिए। कूल ८८ जना रक्तदातामध्ये ७६ जना नेपाली र बाँकी अन्य विदेशी पनि रक्तदानमा सहभागी भए। एनआरएनए चीनकी उपाध्यक्ष तथा यस रक्तदान कार्यक्रमकी संयोजक श्रीमती खुश्बु अग्रवालको अनुसार चीनमा व्यवसाय गर्ने व्यापारी, साउथ चाइना युनिभर्सिटी, गोन्जाउ नानफाङ युनिर्भसिटी र सन यात्सेन युनिभर्सिटी लगायतका विद्यार्थीहरू र केही विदेशी साथीहरुले समेत यस रक्तदानमा भाग लिएका थिए।

गोन्जाउ स्थित ब्लड बैंक सेन्टरले ३१ हजार ६ सय एमएल रगत संकलन गरेको थियो।चीनमा एनआरएनए चीनले धेरै पहिला देखिनै धेरै नेपालीहरुको कर्मभुमी तथा एक असल छिमेकी देश चीनमा रक्तदान कार्यक्रम गर्ने सोच बनाएको तर आज मात्र यस पबित्र कार्यगर्न साइत जुरेको ,’ खुश्बु अग्रवालले सुनाउनु भयो ।

यस कार्यक्रमा एनआरएनए चीनका तर्फबाट केन्द्रीय सदस्य ( आईसीसी) नबिन बिक, भुतपुर्व अध्यक्षहरु शंकर ज्ञवाली, बलराम पराजुली, भुतपुर्ब उपाध्यक्ष रोहित अग्रवाल , अध्यक्ष प्रदीप निउरे, अर्का उपाध्याय सुसील बेलबासे, महासचिव ओम ज्ञवाली ,सचिव तीर्थ पौड्याल ,महिला संयोजक सबिता बर्तौला लगाए अन्य कार्यकारी सदस्यहरुको पनि बाक्लो उपस्थिति थियो भने नेपाली बाणिज्यदुताबासको तर्फबाट बाणिज्य शाखाका उप सचिव श्री शरद ढुंगानाको उपस्थिति थियो ।

चीनमा यसरी रक्तदान कार्यक्रमको संयोजकत्व गर्न पाउदा अगाध ख़ुशी र सन्तुष्टी मिलेको र भबिस्यमा पनि यस्ता कार्यक्रमा संचालन गर्न हौसला मिलेको कुरा उपाध्यक्ष तथा यस कार्यक्रमकी संयोजक श्रीमती खुश्बु अग्रवालले बताउनु भयो ।

प्रतिक्रिया