अमेरिकाको टेक्ससमा ३० बर्षिय बिद्यार्थीको सवारी साधन दुर्घटनामा मृत्यु

इनेप्लिज २०७६ मंसिर ७ गते १२:०१ मा प्रकाशित

अमेरिकाको टेक्ससमा ३० बर्षिय रवि श्रेष्ठ नाम भएका बिधार्थीको सवारी साधन दुर्घटनामा मृत्यु भएको दुखद घटना प्राप्त भएको छ ।

टेक्सस ड्यालस फोर्टवर्थ महानगर क्षेत्रको फ्रिस्को शहरमा सवारी साधनदुर्घटनामा परि उनको मृत्यु भएको जानकारी फ्रिस्को प्रहरीले जनाएका छन् ।

३० बर्षिय श्रेष्ठको दुर्घटनाको बारेमा थप अनुसन्धान जारि राखेको जनाएको छ । प्रहरीका अनुसार उनको गाडी प्रिस्टन सडकमा करिव राती १० :४५ मिनेटमा खोलामा खसेको थियो । नेपाल चितवन घर भएका श्रेष्ठ सूचना प्रविधिका बिधार्थी थिए ।

उनको घटना हुने बित्तिकै प्रहरी उद्धार गर्न त्यहाँ पुगेको थियो र अन्तिम अवस्था सम्म उनलाई बचाउन प्रयास गरिएको स्थानीय विभिन्न पत्र पत्रिकाले लेखेका छन् । उनलाई नजिकै को अस्पतालमा भर्ना आकस्मिक कक्षमा लगिएको र उनको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ

प्रहरीको छापा बिज्ञप्तिका अनुसार उक्त सवारी साधनमा कोही पनि अन्य व्यक्तिहरु सवार नभएको र श्रेष्ठ एकल रहेको जनाएको छ । गत बुधबार मात्र उनको पहिचान भएको थियो भने गत नोभेम्बर २२ शुक्रबारका दिन उनको मृत्यु भएको हो ।

प्रतिक्रिया