बिहीबार, मंसिर १९ २०७६
काठमाडौं २०:४८
वासिङटन डिसी 10:03

कर्मचारी कल्याण कोषको ४० औँ वर्षगाँठ कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ कार्तिक २८ गते २३:१७ मा प्रकाशित

नेपाल रेडक्रसको कर्मचारी कल्याण कोषले आफ्नो ४० औँ वर्षगाँठ कार्यक्रम तथा वार्षिक साधारण सभा कार्यक्रम आज विहिवार कालिमाटी, काठमाडौँमा सम्पन्न गरेको छ । आगामी आ.वको लागि ११ लाख ६१ हजार साधारण तर्फ तथा अनुमानित २ करोड रुपैँया आपत्कालिन अवस्थामा रिन सहयोग गर्ने कार्यक्रम तय गरिएको छ ।

विपत्तिको अवस्थामा सहयोग पु¥याउन तथा सामाजिक आर्थिक सहयोगको लागि २०३६ साल साउनमा नेरेसोका कर्मचारीबीच पारस्परिक सहयोगको लागि बचत अभियान स्वरुप कोषको स्थापना गरिएको थियो ।

कार्यक्रममा कल्याणकोषको स्थापना र विकासमा सहयोग पुर्याउने र उत्प्रेरणात्मक सहभागिता जनाउनेलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पूर्व कार्यकारी निर्देशक तीर्थराज वन्त, पूर्व उपकार्यकारी निर्देशक इन्द्र बहादुर केसी तथा उत्प्रेरणात्मक नृत्य तर्फ रामकृष्ण शर्मा हुनुहुन्छ ।

कोषका सचिव पदमनाथ आचार्यले कार्यक्रम सञ्चालन गर्दै प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष केदार बरालले कोषको कारोबार र आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कोषका संस्थापक तीर्थराज वन्तले ४० वर्षको ऐतिहासिक घटना चर्चा गर्नुभएको थियो ।

नेरेसोका अध्यक्ष संजीव थापाले कोषमा सवै कर्मचारीको अपनत्व हुने गरी अघि वढ्न अनुरोध गर्दै कोषलाई अझ क्रियाशिल बनाई र उत्पादनशीलतातर्फ लैजान सुझाव दिनुभयो । महामन्त्री देवरत्न धाख्वाले कार्यक्रमको समुद्घाटन गर्दै नेरेसोले समुदाय, परिवार र व्यक्तिहरुलाई आफ्नो समस्या आफै समाधान गर्ने अवस्थामा पुर्याउन सहयोग गरिरहेको र कोषले पनि कर्मचारीहरुको अभाव, आकस्मिकतामा सघाऊ पुर्याइरहेको धारणा व्यक्त गर्नुभयो ।

कोषका अध्यक्ष डाक्टर प्रकाश कुमार यादवको सभापतित्वमा भएको कार्यक्रममा रेडक्रसको अन्तर्राष्टिय महासंघका प्रतिनिधि प्रदीप मित्तल, नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री हरिप्रसाद न्यौपाने, निमित्त कार्यकारी निर्देशक मनिता राजकर्णिकार, साझेदार सोसाइटीका प्रतिनिधिहरु र रेडक्रस केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

२बाट सुरु भई २ करोडको कोष

रुपैँया रेडक्रस कर्मचारी कल्याण कोषका सदस्यहरूबीच पारस्परिक सहयोगको आधारमा विपत्तिको अवस्थामा सहयोग पु¥याउन तथा अन्य अवस्थामा सामाजिक तथा आर्थिक स्थिति सुधारको लागि कार्यक्रमहरू सञ्चालन गर्न २०३६ साल साउन देखि रेडक्रसका सहयोगी कर्मचारीबाट २ रुपैँया र अधिकृतस्तरका कर्मचारीबाट ५ रुपैँया र मासिक उठाई सुरु गरिएको कल्याणकोषमा अहिले १ करोड ९६ लाख रुपैँया रहेको र कल्याणकारी कार्य सञ्चालन गरिएको सञ्चालक समितिका निवर्तमान अध्यक्ष दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

कोषका सदस्य बाबुराजा वोहराले भन्नुभयो ः हृदयघातको समस्या र मृगौला फेर्न पर्ने अवस्थामा २०६६ सालमा जीवनको आश मैले मारिसकेको थिएँ तर कोषले आपसी सहयोग मार्फत् ५ लाख रुपैँया उपलव्ध गरायो र उपचारप्रति सकारात्मक हुन उत्प्रेरित गरेकैले मैले पुनर्जिवन प्राप्त गरेको हुँ ।

४० वर्ष अघि पियन कर्मचारीलाई चश्मा किन्न सहयोगबाट सुरु गरिएको कोषको गतिविधिमा चश्मा अनुदानलाई अहिलेपनि निरन्तरता दिएको छ । त्यस्तै, कोषमार्फत् शैक्षिक प्रोत्साहन पुरस्कार, खेलकुद प्रतियोगिता, प्रसुती सहयोग, असाध्य रोगबाट पीडितलाई नगद सहयोग हुँदै आएको छ । २०७२ सालको भूकम्पबाट अति पीडित कर्मचारीहरुलाई कोषले एकलाख एघारहजार रुपैँया सहयोग गरेको थियो ।

प्रतिक्रिया