१८ लाख रकम सहित हुण्डी कारोबारी पक्राउ

इनेप्लिज २०७६ कार्तिक २२ गते १२:४५ मा प्रकाशित

काठमाडौं, २२ कात्तिक ।  पर्साको विरगञ्ज महानगरपालिकाबाट प्रहरीले तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

विरगञ्ज महानगरपालिका वडा न १६ रजतजयन्ती चौकमा प्रहरीले चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको १८ लाख रकम सहित उनिहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

भारतबाट बिरगञ्जतर्फ तीनवटा मोटरसाइकलमा आइरहेका भारत विहार सुगौली बजार बस्ने २२ बर्षीय विक्की कुमार, भारत रक्सौल नागारोड बस्ने २६ बर्षीय सुधिर कुमार र ३० बर्षीय सहिद आलमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको थप अनुशन्धान अगाडी बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया