शिवपुरी साहित्य समाजको आयोजनामा काठमाडौंमा देवकोटा जयन्ती

इनेप्लिज २०७६ कार्तिक १० गते १५:३९ मा प्रकाशित

२७ अक्टोवर, काठमाडौं । ईनेप्लिज विशेष प्रतिनिधि महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्तीका अवसरमा शिवपुरी साहित्य समाजले राजधानीमा एउटा कवि गोष्ठीकोआयोजना गर्यो । प्रमुख अतिथिको आसनवाट समारोहलाई सम्वोधन गर्दै वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले महाकविदेवकोटासँगका संस्मरणहरू सम्झंदै महाकवि गरीब थिएनन्, नेपाली साहित्यका केही समालोचकहरूले गरीब बनाएका हुन् र ती समालोचकहरूकै लहै लहैमा सम्पूर्ण साहित्य अनुरागीहरू लागेका हुन् भनेर केही दृष्टान्तहरू दिएका थिए ।

सो अवसरमा आयोजित कविगोष्ठीमा पवन आलोक, किशोर पहाडी, प्रकाश घायल, विनोद नेपाल, निबन्ध आचार्य, माधवलाल श्रेष्ठ, नवराज पुडासैनी ज्योत्स्ना, त्रिभुवनचन्द्र वाग्ले, विष्णुबहादुर सिंह, गोविन्द गिरी प्रेरणा, गुप्तबहादुर श्रेष्ठ, वासुदेव गुरागाई, निर्मलपराजुली, मणिराज सिंह, वियोगी बुढाथोकी लगायत करीब २० कविहरूले कविता पाठ गरेका थिए ।

सो अवसरमा शिवपुरी साहित्य समाज र कार्यक्रमको उद्देश्यको बारे समाजका दुई पदाधिकारीहरू वियोगी बुढाथोकी र विष्णुबहादुरसिंहले प्रष्ट पारेका थिए।
उक्त गोष्ठीमा ‘शिवपुरी सन्देश’ पत्रिकाको ८५ पूर्णाङ्कलाई सभापति बनाइएको थियो ।

प्रतिक्रिया