२४ वर्षभित्र देशकाे गरिबी निवारण गर्ने सरकारकाे लक्ष्य

इनेप्लिज २०७६ असोज ३० गते १०:५३ मा प्रकाशित

काठमाडौँ, ३० असोज । २४ वर्षभित्र देशको गरिबी निवारण गरिसक्ने लक्ष्य सरकारले लिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा ललितपुरमा एक कार्यक्रममा बोल्दै आगामी २४ वर्ष भित्र नेपाललाई गरिवीमुक्त राष्ट्र बनाउने लक्ष्य लिइएको बताएका हुन् ।

यसका लागि सरकारले सो सम्बन्धी छुट्टै नीति तय गरेको पनि स्पष्ट पारे ।

मुलुकमा १८ दशमलव ७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्न संयुक्त पहल थाल्ने उनको भनाइ रहेको छ ।

सचिव गौतमका अनुसार सरकारले विभिन्न आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्दै गरिबी निर्मूलका लागि भुमिका खेलेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया