सिद्धान्तहीन एकता महत्वपूर्ण हुँदैन :राजपा नेता झा

इनेप्लिज २०७६ असोज २३ गते २:४२ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

राष्ट्रिय जनता पार्टीको अध्यक्ष मन्डलका सदस्य एवम् प्रतिनिधिसभा सदस्य अनीलकुमार झाले सिद्धान्तहीन एकता महत्वपूर्ण नहुने बताएका छन् । गृहनगर रौतहटको मत्सरीमा दशहरा, दीपावली तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै साँसद झाले सिद्धान्त मिल्दो भएको एकताले विशेष महत्व राख्ने बताएका छन् ।

समाजवादी पार्टीसित राजपाको एकता प्रसंग चलिरहेको सन्दर्भलाई संकेत गर्दै कुनै पार्टीको नाम नलिई नेता झाले पार्टीको एकता सन्दर्भप्रति अप्रत्यक्षरुपमा असन्तुष्टि व्यक्त गरेका छन् । नेता झाले वर्तमान संघीय सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारको आलोचना पनि गरेका छन् ।
कार्यक्रममा प्रदेश राज्यमन्त्रीद्वय डा. डिम्पल झा र योगेन्द्रप्रसाद यादव, प्रदेश साँसद बाबुलाल साहसहित राजपा र समाजवादी पार्टीका विभिन्न तहका नेताहरुले संघीय सरकारप्रति तीव्र आक्रोश व्यक्त गर्दै मधेसको अधिकारको लागि मधेसवादी दलको एकताबारे प्रकाश पारेका छन् ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख, विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया