नायिका नन्दिता केसीको दशैँ नेपाल मै ;यसरी मनाउने

विजय थापा २०७६ असोज १६ गते १८:१२ मा प्रकाशित

 

विजय थापा ,डिसी । नेपाली चलचित्रकि नायिका नन्दिता केसी दशैं मान्न नेपाल पुगेकी छिन् । कलाकार केसी अमेरिकामा हुने बिभिन्न कार्यक्रममा निर्णायक ,मुख्य अतिथि ,अतिथि कलाकार हुने मौका पाई रहेकी छिन ।

कला र संस्कृतिको प्रवर्द्धन र सम्बर्द्धन गर्न जहिले पनि पछि नहट्ने केसी अमेरिकाको बसाईमा अमेरिकामा निर्माण भएको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ मा अभिनय पनि गरेकी छिन ।

यसको अतिरिक्त अन्य केही संगीत श्रब्य दृश्य (म्युजिक भिडियो)मा समेत अभिनय गरेकी छिन् ।

केसीले यस पटकको दशैँ परिवार र आफन्तजनसंग मनाउने जनाएकी छिन । उनले अगाडी भनिन आफू आहार खान प्रेमी (फुड लभर ) त्यति नभएको बताइन ।

उनले थप्दै भनिन तर दशैमा पाक्ने परिकारले आफुलाई लोभ्याउने बताईन । उनको अविस्मरणीय घटना भनेको कुनै समयमा एक पटक मामा घर जादा आफु भन्दा ठुलाबडा संग टिका ग्रहण गर्दै टिका भन्दा पनी दक्षिणा संकलन गर्दा आमाको हातबाट टिका नै लगाउन बिर्सिएको बताइन । ईनेप्लिज मार्फत सबैलाई बडा दशैको शुभकामना व्यक्त गर्न चाहेको बताइन ।

 

तस्बिर :रमाइलो छ.डटकम 

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया