अनेसास न्युयोर्क च्याप्टर द्वारा राजेन्द्र शलभ सम्मानित

इनेप्लिज २०७६ असोज ५ गते १:१९ मा प्रकाशित

हाल अमेरिका भ्रमण मा रहनु भएका चलचित्र निर्देशक,पत्रकार तथा बरिष्ठ कवि राजेन्द्र शलभलाई स्वागत तथा सम्मान सहित गत सेप्टेम्बर २० २०१९ मा अनेसास न्युयोर्क च्याप्टरले एक अनौपचारिक कार्यक्रम माझ कबिको एकल कवितावाचन सम्पन्न गर्यो ।

कार्यक्रममा च्याप्टर अध्यक्ष राजेन्द्र श्रेष्ठ र अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्रीले पुष्पगुच्छा अर्पण र दोसल्ला ओढाईदिएर उहालाई सम्मान गर्नुका साथै उपस्थित अन्य श्रस्टाहरुले पनि खादा र पुष्प गुच्छाले सम्मान गर्नु भएको थियो ।

लगत्तै च्याप्टर अध्यक्षले स्वागत मन्तब्य दिनुहुदै कविलाई आफ्नो कविता ,अनुभब र अनुभूति साटासाटका लागी अनुरोध गर्नु भएको थियो । कविले सो कार्यक्रममा आफ्नो लोकप्रिय कविता संग्रह “कविताको रंग” बाट लगभग दर्जनजति अत्यन्त उम्दा कविताहरु सुनाएर उपस्थित सबैलाई प्रफुल्लित बनाइ दिएका थिए।

बहुआयमिक ब्यक्तित्व का धनी कबि शलभका जीवनका अरु पाटाहरु जस्तै प्रसिद्ध फिल्म निर्देशक, प्राध्यापक,कार्यक्रम निर्माता, पत्रकार आदि बारे कविता वाचन पछि फ्लोरबाट आएका प्रश्न र जिज्ञासाबाट चर्चा हुन पाएको थियो। कविले आफ्नो उत्कृष्ट विचार र अनुभब साटेर उपस्थित सबैको मन जित्नुभएको थियो।।

प्रतिक्रिया