नेकपाले मनोनित गर्‍यो ६ वटा महानगरका अध्यक्ष र सचिव

इनेप्लिज २०७६ असोज ४ गते १५:५५ मा प्रकाशित

काठमाडौँ, ४ असोज । नेकपाको सचिवालय बैठकले देशका ६ वटा महानगरमा पार्टीका अध्यक्ष र सचिव मनोनित गरेको छ ।

शनिबार अपरान्ह बालुवाटारमा बसेको सचिवालय बैठकले काठमाडौँ महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई मनोनित गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ललितपुर महानगरमा अध्यक्ष मन्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्य मनोनित भए ।

त्यस्तै, पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगर अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा भएका छन् ।

यस्तै, सचिवालय बैठकले वीरगंज महानगरको अध्यक्षमा रोहवर अन्सारी र सचिवमा विश्वम्बर शर्मा मनोनित भएका छन् । त्यस्तै, विराटनगर महानगरमा अध्यक्ष सागर थापा र सचिव हेम कार्की मनोनित भएको स्रोतले जनाएको छ ।

बाँकी रहेका कार्यहरु आउने बैठकमा टुङ्ग्याउने पार्टीले जनाकारी दिएको छ ।

प्रतिक्रिया