पत्रकार महासंघ कतार शाखाले ग¥या एनआरएनए एनसिसी नवनिर्वाचित टिमलाई सम्मान

इनेप्लिज २०७६ भदौ २८ गते १०:११ मा प्रकाशित

 इनेप्लिज कतार ।

नेपाल पत्रकार महासंघ कतार शाखाले एनआरएनए एनसिसी कतारको नवनिर्वाचित कार्यसमितीलाई सम्मान गरेको छ ।

एनसिसि कतारको आठौं रास्टिय महाधिवेशन बाट सन् २०१९/२०२१ कार्यकालको लागी निर्वा्चित आइसिसी सदस्य, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई शुक्रबार एक कार्यक्रम बिच स्वागत सहित सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै नवनिर्वा्चित अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले यो जिम्मेवारी प्रदान गरेकोमा सबैमा धन्यवाद व्यक्त गर्दै आफुहरु सबै सङ्ग हातेमालो गरेर अगाडि बढन तयार रहेको प्रतिवद्दा व्यक्त गरे । पत्रकार महासंघ समाजको अभिन्न अङ्ग रहेकोले एनसिसि कतार सदैव समन्वय गरेर अगाडि बढने भन्दै साथ सहयोगको लागि आग्रह गरे ।

कार्यक्रमको अध्यक्षता गर्दै नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँले एनसिसि कतारको कार्यकाल सफलता र असफलता दुबैमा पत्रकारको अहम भुमिका हुने भन्दै आग्रह पुर्वाग्रह नराखी महासंघ सङ्ग समन्वय गर्न अनुरोध गरे । उनले थपे बिगतमा एनसिसिको पत्रकार महासंघ संग सन्तोषजनक समन्वय नभएको भन्दै अध्यक्ष मियाले विभिन्न उप–समिती गठन गर्ने क्रममा सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिएका थिए ।

कार्यक्रममा एनआरएनए आइसिसी सदस्य केबि हमाल, युवराज शर्मा, एनआरएनए एनसिसी कतारका महिला उपाध्यक्ष सरिता भण्डारी, नेपाल पत्रकार महासंघका आचार संहिता अनुगमन समितीमा सदस्य एवं कतार शाखाका सल्लाहकार क्रान्ति सिंह लगाएतले मन्तव्य राखेका थिए भने नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष नवराज बिकले स्वागत गरेको कार्यक्रमको संचालन सचीव दिलकुमार श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया