प्रधानमन्त्रीको परामर्श र भेटवार्ता बाक्लिन थाल्यो

इनेप्लिज २०७६ भदौ २३ गते ९:५६ मा प्रकाशित

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले आफ्नो कामको गतिलाई तिब्रता दिन थालेका छन् ।

प्रधानमन्त्री ओलीको निजी सचिवालय स्रोतका अनुसार उनले पार्टीका नेताहरूसँगको परामर्शलाई बाक्लो बनाउन थालेका छन् । पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारेमा ओलीले नेताहरूसँग परामर्श थालेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारको कामकारबाहीका बारेमा पनि चासो देखाउन थालेका छन् । उनले जनतालाई राहत हुने गरेर कामहरू गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

ओलीले स्वास्थ्यका कारण स्वदेश फर्किना साथ भेटवार्ताहरूलाई कम गरेका थिए । तर, अब उनले आफ्नो पूर्ववत कामलाई निरन्तरता दिन थालेको स्रोतले उल्लेख गरेको छ ।

झण्डै दुई साता सिंगापुरमा उपचारपछि स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले आफ्नो कामको गतिलाई बढाउँदै लगेका हुन् । उनले क्रमशः आफ्ना पहिलाका कामहरूलाई नियमित रुपमा गर्न थालेको जनाइएको छ ।

प्रतिक्रिया