गैह्र आवासिय संस्था अस्ट्रियाले मनायो भव्य तीज

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७६ भदौ १५ गते ११:५६ मा प्रकाशित


नवनिर्वाचित गैह्र आवासिय नेपासी संस्था अस्ट्रियाको एनसीसी वुमन फोरमले पारिवारिक र मैत्री वातावरणमा तीज भेटघाट कार्यक्रम शनिवार अस्ट्रियाको राजधानी भियनामा मनाएकोछ। एउटा खेलकुद क्लबको प्रांगण र ठुलो क्षेत्रफलमा ढाकेको स्थानमा मनाइएको तीज कार्यक्रममा बालक देखि बृद्द सम्मले भरपुर मनोरंन्जन लिईरहेको प्रस्ट रुपमा देखिन्थ्यो।

नवनिर्वाचित एनआरएन अध्यक्ष श्री बिनोद चौलागाईको अध्यक्षतमा संचालित उक्त कार्यक्रममा महिला संयोजक सम्झना बोहराले आर्थिक पारदर्शिता तथा महासचिव भवानी तिवारीले कार्यक्रमको विस्तृत जानकारी उपस्थित समुदाय अगाडी प्रस्तुत गर्नु भएको थियो। अध्यक्ष श्री बिनोद चौलागाई लगायत महिला उपाध्यक्ष आशा थापा र महामहिम राजदुत प्रकाश सुवेदीज्युले स्वागत तथा शुभकामना मन्तव्य दिनुभएको थियो। उक्त कार्यक्रमको अर्को आकर्षण थियो, भियनामा छांयाकन भएको एउटा तीज गीतमा मोडल स्याण्डी भण्डारीको अाकर्षक नृत्य।

निर्वाचनको लगत्तै नवनिर्वाचित समुहले यति छोटो समयावधिमा यति धेरै जनसहभागिता जुटाई यसरी चाडपर्व सामुहिकरुपमा मनाउन सक्नु नेतृत्वपक्षको ठुलो उपलब्धि हो। साथै आयोजक पक्षका अध्यद लगायत सबै सम्पुर्ण नै पदाधिकारीहरु नै आगन्तुक पाहुनाहरुलाई स्वागत एंवम सहयोग गर्न हर समय खटिएर कार्यक्रममा अझ रौनकता थपेका थिए।

इनेप्लिजका लागि भियनाबाट
बाबा राजेश्वरी थापा ढकाल

प्रतिक्रिया