लागूऔषधसहित दुई जना युवक पक्राउ

इनेप्लिज २०७६ भदौ ५ गते ११:१६ मा प्रकाशित

लहान, ५ भदौ । प्रतिबन्धित लागूऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित दुर्गा मन्दिर नजिकबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–८ का २५ वर्षीय राहुल साह र सोही ठाउँका १८ वर्षीय बिकल पञ्जियार रहेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुको साथबाट लागुऔषध १६ ट्यावलेट नाइट्रोभेट ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले लहान नगरपालिका–११ बाटिका नजिक रहेको पर्मानन्द चौधरीको खाजा पसलबाट अवैध घरेलु मदिरा ३० लिटर र ५० केजी कच्चा पदार्थ नियन्त्रणमा लिई आज बिहान नष्ट गरेको जनाएको छ ।

त्यसैगरी,  सिरहा नगरपालिका २, ६ र ७ मा रहेको मदिरा भट्टी पसलबाट करीब १० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया