भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति भण्डारीलाई भेटे

इनेप्लिज २०७६ भदौ ५ गते ११:११ मा प्रकाशित

काठमाडौँ, ५ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

जयशंकरले आज बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । उनी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली लिएर शीतलनिवास पुगेका थिए ।

भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ ।

जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका थिए । उनले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति भण्डारीलाई भेट्नुअघि जयशंकरले पशुपतिमा पूजाआजा गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधवार नै भेटेका जयशंकर आज बेलुकी स्वदेश फर्किने कार्यक्रम रहेको नेपालमा रहेको भारतीय दूतावासले जनाएको छ ।

प्रतिक्रिया