वेगनासताल किनारमा हरेक महिनाको पहिलो दिन महाआरती हुने

इनेप्लिज २०७६ साउन २५ गते १४:२२ मा प्रकाशित

सचिन रानाभाट,लेखनाथ, साउन २५

पर्यटकीय दृष्टिकोणले प्रचुर संभावना मानिएपनी पर्याप्त पुर्वाधारको अभावले पछाडी परेको क्षेत्र हो वेगनास। तालैतालको शहर र सबैजसो ठाउँवाट सजिलै हिमाल देखिने पोखरा शहरको पुर्ववर्ती भागमा अवस्थित छ वेगनास र रुपा।

नेपालकै तेश्रो ठूलो ताल वेगनासताल लाई धार्मिक क्षेत्रमा समेत अगाडी वढाउने उद्देश्यले हरेक महिनाको पहिलो दिन अर्थात एक गते सांझमा महा आरती गरिने भएको छ।

शनिबार आयोजित एक प्रारम्भिक भेलाले शाकाहारी समाज पोखरा महानगरको संयोजकत्वमा महाआरती तदर्थ समिती घोषणा गरिने र उक्त समितीले हाल मासिक रुपमा महाआरती सुरु गर्ने वताईएको छ।

शाकाहारी समाज पोखरा महानगर अध्यक्ष राममणी अधिकारीले वेगनास क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन तथा पुर्वीय मूल्य मान्यताको संरक्षण गर्ने उद्देश्यले ताल किनारमा महाआरती संचालन गर्न लागेको जानकारी दिएका छन्।

उनले भने पोखराको फेवा किनार, विन्ध्यवासिनी, ढुंगेसांघु र गुप्तेश्वरमा गरिदै आएकोमा महाआरती अब देखि वेगनास किनारमा पनि हुनेछ।


केही समय अगाडी भारतको वनारस वाट आएका हिन्दु धर्मावलम्बीहरुलाई वेगनास किनारमा महाआरती गर्ने व्यबस्था मिलाएको वेगनास युवा क्लवले अब निरंतरताको लागि सम्पुर्ण सहयोग गर्ने क्लवका अध्यक्ष राम रानाभाटले जानकारी दिएका छन्।

त्यस्तै पोखरा ३२ का वडाध्यक्ष अक्कल वहादुर कार्किले धार्मिक पर्यटन प्रवर्द्धन गर्न आफू र वडाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

पुर्वीय मूल्य मान्यता र यस क्षेत्रको धार्मिक विकासमा सहयोग पुग्ने महाआरती लाई पोखरा महानगर र वडा वाट आफुले सहयोग वडा नं ३१ का बडाध्यक्ष कमल वहादुर थापाले वताएका हुन्। केही दिनमा समिती गठन गर्ने र लगत्तै भदौ १ गते देखि महाआरती शुरु हुने शाकाहारी समाजका कृष्ण प्रसाद ढुङ्गानाले जानकारी दिए।

प्रतिक्रिया