राप्रपाको प्रशिक्षक प्रशिक्षण धुलिखेलमा हुँदै

इनेप्लिज २०७६ साउन २३ गते ११:४० मा प्रकाशित

काठमाडौँ, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरेको छ ।

यसलाई सफलतापूर्वक कार्यान्वयन गर्नको निमित्त पार्टीको प्रशिक्षण विभागले भोलि साउन २४ र २५ गते आवासिय केन्द्रीय प्रशिक्षक प्रशिक्षण आयोजना गरेको छ ।

धुलिखेलको एक रिसोर्टमा संचालन हुने प्रशिक्षणको उद्घाटन पार्टी अध्यक्ष कमल थापाले गर्नेछन् । सैद्धान्तिक, वैचारिक विषयसँगै संगठन निर्माण, जनसंघर्ष, समसामयिक राजनीतिक अवस्था र सूचना प्रविधिको विषयमा प्रशिक्षण दिइने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशबाट ६० जनाको सहभागिता रहने छ । पार्टी अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता एवं प्रशिक्षण विभाग प्रमुख भुवन पाठक, सहायक प्रवक्ता रमानन्द न्यौपाने, आईटी इन्जिनियर रोजेश रिजालले प्रशिक्षण दिनेछन् ।

केन्द्रीय प्रशिक्षक प्रशिक्षणपश्चात भाद्र महिनामा ७७ जिल्लामा र असोज महिनामा सात सय त्रिपन्न स्थानीय तहमा सघन रुपमा प्रशिक्षण कार्यक्रम संचालन गरिने सहायक महामन्त्री बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया