सरकारी जग्गामा नेकपाको कार्यालय नैतिकता कारुणिक : कांग्रेस

इनेप्लिज २०७६ साउन २३ गते ११:३२ मा प्रकाशित

काठमाडौं, २३ साउन । सत्तारुढ नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालय सरकारी जग्गामा हुनु नैतिकताको कारुणिक अवस्था रहेको नेपाली कांग्रेसको ठहर छ ।

विहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै धारणा सार्वजनिक गर्ने क्रममा प्रवक्ता विश्वप्रकाश शर्माले भने,‘नेकपाको कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा रहेकोमा हाम्रो आपत्ति छ । हामी  अचम्मित र दुखी छौं ।’

सरकारी जग्गाको भोगचलन सम्बन्धित नीति नियमको पालनामा स्वयं सत्तरुढ दलले गम्भीरता नराखेका कारण अरुलाई उपदेश दिनु ठिक नहुने शर्माले बताए ।

नेकपाको राजनीतिक प्रतिवेदनमाथि उसका चार वटा आपत्ति छन् । ट्रेड युनियनसम्बन्धि विधेयक, गोंगबु बसपार्क, नेकपाको राजनीतिक दस्तावेज र नेकपाको कार्यालय सरकारी जग्गामा रहेको विषयमा उसको आपत्ति रहेको हो ।

प्रतिक्रिया