ट्रायल पास गरिदिन्छु भन्दै ठगी गर्न खोज्ने पक्राउ

इनेप्लिज २०७६ साउन २२ गते ११:५८ मा प्रकाशित

भक्तपुर, २२ साउन । सवारी चालक अनुमतिपत्रको ट्रायल परिक्षा पास गरिदिन्छु भन्दै ठगी गर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रे बनेपा बस्ने काभ्रे मनदन देवपुर नगरपालिका ८ चैनपुर घर भएका ३१ वर्षीय पशुपति आचार्यलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । मध्यपुर ठिमी नगरपालिका ४ राधेराधेस्थित इजि ट्रायल सेन्टर अगाडिबाट आचार्यलाई महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया