नेपाली काङ्ग्रेस नेता सिंह अस्पताल भर्ना

इनेप्लिज २०७६ साउन २१ गते ११:०२ मा प्रकाशित

काठमाडौँ, २१ साउन ।  नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।

मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह हिजो उपचारका लागि अस्पताल पुगेका थिए ।  चिकित्सकको सल्लाह बमोजिम नेता सिंह मेडिसिटी अस्पताल भर्ना भएको उनका सहयोगी युपी लामिछानेले जानकारी दिएका छन् ।

स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार/पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए ।

हिजो सोमबार ज्वरो नघटेपछि उहाँ अस्पताल भर्ना भएको  र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले जानकारी दिए ।

प्रतिक्रिया