काठमाडौँ, १७ साउन । ललितपुरको नख्खु कारागारभित्र कैदी बन्दीबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।ज्यान मार्ने उद्योगमा कैद जीवन भुक्तान गरिरहेका पवनकुमार महतोको आक्रमणबाट जबरजस्ती करणीको मुद्दामा जेल सजाय काटिरहेका पूर्णबहादुर राजीको मृत्यु भएको हो ।
महतोले भुइँमा विच्छ्याइएको ब्लकले राजीमाथि प्रहार गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका राजीको उपचारका लागि वीर अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
महतो र राजी दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए । एक्कासी कुटाकुट भएपछि अन्य कैदीबन्दी गएर छुट्टाएका थिए । झगडा हुनुअघि उनीहरू एकअर्काको जुम्रा हेरिरहेको अवस्थामा अन्य कैदीबन्दीले देखेका थिए
दुई जनाबीच किन झगडा भयो भन्ने विषयमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया