टोरोन्टोमा थानेस्वर गौतम सांगितिक गजल साँझ “हिमालयन भाईब्स”का साथ सम्पन्न

इनेप्लिज २०७६ साउन १२ गते २३:३५ मा प्रकाशित

टोरोन्टो,क्यानडा भ्रमणमा आईरहनु भएका प्रसिद्द लोक तथा गजल गायक एबम कम्पोजर थानेस्वर गौतम ले हालै टोरोन्टोमा सांगितिक गजल साँझमा आफ्नो सांगितिक प्रस्तुति प्रस्तुत गर्नु भएको छ । स्थानिय मेस्सि हलमा आयोजित सो कार्यक्रम धेरैनै गुणात्मक र रोचक भएको श्रोताहरुले जनाएको छव गायक गौतमले आफ्नो गीत ” गाजल लगाई नदेउ बिर्सिएर सिंगारमा”, ” पिउने पनि रहर छ जिउने पनि रहर छ ” लगायतका गीत प्रस्तुत गर्दा श्रोताहरु स्वस्फुर्त रुपमा कम्मर मर्काई मर्काई नाचेका थिए । गजल, लोक एबम आधुनिक गीतका बहुआयामिक गायक गौतमको प्रस्तुति सह्रानिय रहेको श्रोताहरुले जनाए ।

सो कार्यक्रमको सांगितिक संयोजन टोरोन्टो स्थित नेपाली लोक संगीत प्रबर्द्दन मा प्रतिबद्द “हिमालयन हाईब्स” समुहले गरेको थियो भने “हिमालयन हाईब्स” को नेतॄत्व प्रसिद्द बाद्द्यबादक सानुराज महर्जनले गर्नु भएको थियो । “हिमालयन हाईब्स”को समुहले प्रत्यक्ष रुपमा सांगितिक साथ दिएकोले सो कार्यक्रम सामान्यतया अरु कार्यक्रमहरु भन्दा पृथक रहेको थियो । “हिमालयन हाईब्स”को साथले कलाकार गौतम धेरै खुसी भएको उहाँले आफ्नो फेसबूकमा निम्न अनुसारभनी उल्लेख गर्नु भएको थियोः

“क्यानडामा अस्ति सम्पन्न मेरो सांगीतिक गजल सांझ निकै भब्य भयो ,अनि हिमालयन भाईब्स संगको लाईभ निकै गर्व गर्न लाएक भयो । मेरा वास्तविक संगीत प्रेमी हरुको मायाले उक्त सांझ निकै प्रफुल्ल बन्यो सबैको ताली अनि नाच अनि चर्चित ताल बादक सानुराजा महर्जन संगको ताल संयोजन अनि सम्पूर्ण बाध्यबादकहरु संगको त्यो इनर्जी कहिले न भुल्ने खालको भयो”

सोहि कार्यक्रममा “हिमालयन भाईब्स” लाई अझ बढि लोक संगितमुखि बनाउने प्रयासमा “हिमालयन भाईब्स” का संयोजक हरि लम्सालले नेपालको मौलिक सुर बाजा सारंगी मार्फत “मंगल धून” प्रस्तुत गरि समुहमा सारंगीको प्रबेश गराउनु भएको छ। यो प्रयासले “हिमालयन भाईब्स”को आफ्नो प्रस्तुति अझ बढि सशक्त हुने बिस्वास गरिएको छ। सो कार्यक्रमको ब्यबस्थापन संयोजन नेपाली संस्कॄतिलाई प्रबर्द्दन गर्ने उद्देश्यले स्थापित स्थानिय सामुदायिक संस्था “शृजनशील नेपाली समाज”ले गरेको थियो।

साथै सोहि दिन दिउँसो “हिमालयन भाईब्स”ले “मुहटाडी इन्टरनेशनल ड्रमींग फेस्टिभल”मा नेपाली लोक धून प्रस्तुत गरेको थियो ।दुई दिन सम्म संचालन हुने उक्त कार्यक्रममा “हिमालयन भाईब्स”ले गत बर्ष पनि सहभागिता जनाई टोरोन्टोमा नेपाली लोक संगीतको परिचय दिएको थियो भने सो कार्यक्रममा बिभिन्न देशका सांगितिक टोलीको सहभागिता थियो।

प्रतिक्रिया