कतारमा कम्पनी छोडेर नयाँ कम्पनी खोज्ने नेपालीहरुको संख्यामा बृद्दि

दीप जङ्ग शाह २०७६ साउन १२ गते १४:५० मा प्रकाशित

दोहा, कतारमा कम्पनी छोडेर नयाँ कम्पनी खोज्ने नेपालीहरुको संख्यामा बृद्दि भएको छ । विभिन्न बाहना र धेरै तलब पाउने आशामा कम्पनी छोड्ने र आश्वास बमोजिमको काम र तलब नपाउदा आफु अलपत्र परेको भन्दै दुताबासमा आउने गरेको दुताबासले एक सुचना मार्फत जनाएको छ ।

कतार स्थित नेपाली राजदुतावासले सार्वजनिक सुचना जारी गर्दै भनेको छ, “बैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले राम्रो तलब सुविधा पाउने आश्वासन पाई आफू कार्यरत कम्पनी छोड्ने र आश्वासन बमोजिमको काम नपाउने तथा कतिपय अवस्थामा नयाँ कामको लागि भनी थप पैसा समेत तिरेको र हाल आफू अलपत्र परेको भनी राजदुतावासमा उद्दारका लागि आउने क्रम हालैका दिनहरुमा उल्लेख्यरुपमा बढेको पाईएको छ ।

” राजदुतावासले आफु खुसि वा साथि भाई तथा आफन्तको लहलहैमा लागेर कम्पनी छोड्ने र अन्तः आफू ठगिएको तथा अलफत्र परेको भन्दै हारगुहार माग्नु भन्दा समयमै सचेत रहन सबैमा आग्रह गर्दै अन्तमा भनेको छ, “पर्याप्त र ठोस आधार बिना आफू कार्यरत कम्पनीबाट आफूखुशी वा कसैको उक्साहटमा परी कार्यरत कम्पनी नछोड्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना जारी गरिएको छ ।”

 

प्रतिक्रिया