प्रधानमन्त्री ओली भन्छन् : डा. रुइतले नेपालको गौरवपूर्ण परम्परा सम्झाउनुभयो

इनेप्लिज २०७६ साउन ६ गते ११:३१ मा प्रकाशित

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले डा.सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको बताएका छन् ।तिलगंगा आँखा प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विद्वान पूर्खाहरुको देश नेपालमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताए । “डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ ।” प्रधानमन्त्री ओलीले भने “आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन वहाँ सफल हुनुभएको छ । त्यस कारण वहाँलाई बधाइ र संस्थालाई उत्तरोत्तर प्रगतिको शुभकामना ।”

डा.रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीहरुले नयाँ उज्यालो संसार देख्न पाएको प्रधानमन्त्री ओलीको भनाइ छ । तिलगंगा आँखा अस्पतालको प्रेरणाबाट धेरैले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनु पर्ने उनको भनाइ छ ।

स्थापनाको २५ बर्ष मै धेरै उपलब्धी हासिल गर्न सकेको भन्दै प्रधानमन्त्री ओलीले रुइत र अस्पतालको प्रशंसा गरेका छन् । “तपाईंहरुका प्रयास र सेवा अनुकरणीय छन् ।” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकारको तर्फबाट तपाईंहरुलाई अनुसन्धान, तालिम र उपचारमा यथेष्ट सहयोग हुनेछ ।”

प्रतिक्रिया