एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

इनेप्लिज २०७६ असार १८ गते १२:०१ मा प्रकाशित

काठमाडाैँ, १८ असार ।  माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा सी वा सीभन्दा तल आउने तथा अनुउपस्थित हुनेलाई मौका परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार साउन २६ गते एक विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुनेछ ।

ग्रेड वृद्धि परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म जिल्ला सदरमुकाममा मात्रै सञ्चालन गरिने बोर्डले जनाएको छ । परीक्षाको आवेदन फारम साउन १५ गतेसम्ममा बुझाइ सक्नुपर्नेछ।

प्रतिक्रिया