वैदेशिक रोजगारीका नाममा ठगी गर्ने महिला पक्राउ

इनेप्लिज २०७६ असार १५ गते १३:३४ मा प्रकाशित

काठमाडाैँ, १५ असार । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।

आकर्षक तलब भत्ताको लाभ देखाएर साईप्रस पठाइदिने भन्दै डेढ लाख ठगी गर्ने टिकाकुमारी थापा पक्राउ परेकी हुन् ।

पाल्पाको खानीगाऊँ गाविस–८ बस्ने थापाले वैदेशिक रोजगार ब्यबसाय सञ्चालन गर्ने ईजाजत–पत्र वेगर नै गत २०६९ साल वैशाख ७ मा नमिता देवसँग एक लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) ले जनाएको छ।

थापालाई वैदेशिक रोजगार ठगी मुद्दामा सर्वोच्च अदालतको गत २०७५ असार २६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवाना गर्नुका साथै जाहेरवालालाई विगो र हर्जाना समेत गरी कुल रकम १४ लाख २५ पच्चीस हजार रुपैयाँ भराई दिने फैसला गरेको थियो।

महाराजगंजबाट आइतबार पक्राउ परेकी थापालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया