युएनए सम्मेलनको एक दिन अगाडी एकै बसाईमा ५७ हजार डलर सङ्कलन

इनेप्लिज २०७६ जेठ ११ गते १२:३१ मा प्रकाशित

न्यू योर्क । मे २५ र २६ का दिन युनाईटेड नेप्लिज एसोसिएसन(युएनए) को दुई दिने सम्मेलन पूर्व संस्थाको कोष वृद्धि कार्यक्रम मार्फत ५७ हजार १ सय ४७ डलर उठेको छ ।

उक्त सम्मेलन पूर्व रात्री भोजनको आयोजना गर्दै कोष वृद्धि कार्यक्रममा एनआरएका पूर्व अध्यक्ष शेष घले,जमुना गुरुङ घले ,राजदुत डा अर्जुन कुमार कार्की ,एनआरएन अन्तर राष्ट्रियका उपाध्यक्ष कुमार पन्त ,गायिका इन्दिरा जोशी ,सन् २०१८ कि मिस नेपाल युनिभर्स मनिता देवकोटा ,युएनएका संस्थापक पासांग लामा ,सम्मेलन संयोजक सोनाम लामा लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

संकलन रकमको जानकारी मिस नेपाल युनिभर्स मनिता देवकोटाले गराएकी थिइन् । र कार्यक्रममा सोनाम लामाले सबै,लाई धन्यवाद दिएका थिए । आज हुने उद्घाटन कार्यक्रममा लागि उर्जा ,जलश्रोत तथा सिचाई मन्त्रि माननीय बर्षमान पुन प्रमुख अतिथि हुनु हुने भएको छ ।

साथै वहाको साथमा वहाकी जीवन संगिनी तथा पूर्व सभामुख ओन्सारी घर्तिमगर समेतको उपस्थिति रहने छन् । गत मे २३ का दिन गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रियका पूर्व अध्यक्ष शेष घले तथा जमुना गुरुङ घले न्यूयोर्क आई सक्नु भएको छ ।

यसै गरि सम्मेलनको लागि बिशेष अतिथिमा महामहिम राजदुत डा अर्जुन कुमार कार्की,युएनएका संस्थापक पासांग लामा ,युएनएका अध्यक्ष बिएनपन्त ,जोली अमात्य ,एन आरएनआईसीसी उपाध्यक्ष कुमार पन्त ,एनआरएन आईसीसी आरसी गौरी जोशी ,विभिन्न राज्यहरुबाट अतिथि ,बालबालिका,कलाकारहरुको सहभागिता रहने छ ।

अहिले मे २५ का दिन बिहान १० बजे झाँकी प्रदर्शन हुने छ ।

 

प्रतिक्रिया