ईन्द्रमतीको आंशु

सुशील नेपाल २०७६ जेठ ९ गते २१:३९ मा प्रकाशित

सुशील नेपाल,

शायद रातको दोश्रो प्रहर हुंदो हो, ईन्द्रमतीलाई निन्द्रा परिरहेको थिएन ।दुवै आंखा मानों निश्प्राण झैं अपलक खुला थिए,। परेला भिजेका थिए,तकिया भिजेको थियो र मन एकप्रकारले आन्दोलित थियो ।मनमा एकाएक प्राकृतिवाटै जन्मिने अव्यक्त, सुसुप्त चाहाना जागेर आए, जो त्यस ऊमेरकी नारीमा हुनु अस्वभाविक थिएन ।

तर,दिनभरिको काम, घरधंधाले शरिर थाकेर चूर थियो । यस्तोमा त मसक्क निंदाऊनु पर्ने थियो । तर अंह ऊ निंदाऊन सकेकी थिईन ।
ऊस्का ठूला ठूला आखांले केही खोजेझै यता ऊता हेर्न थाले र भित्तामा टांगीएको ऊस्को पतिको तस्वीरमा गएर अडिए।तस्वीरमा ऊस्को पति वेखामान लक्का जवान र अहिले नै आएर शरीरमा कौतुहल जगाऊला जस्तै गरि मुसुक्क हांसेको थियो ।ऊस्लाई लाग्यो तस्वीरवाट वाहिर निस्केर वेखामानले ऊस्लाई चपक्क अंगालो हालेर अनुहार भरि चूम्न थाल्छ अव। आफू सुरक्षित रहेको अनुभूतिले ऊस्मा रोमान्च जगाएको थियो ।
यो स्वप्निल पलको क्षणिक आनन्द वीच ऊस्लाई वेखामानले सोधे जस्तो लाग्यो ‘ ईन्द्रा तंलाई कस्तो छ ?

पतिको तस्वीरतिर नजर पुग्ने वित्तिकै ऊस्लाई एकाएक नरमाईंलो लाग्यो ।

२०४६को भदौको महिना ईन्द्रमती र वेखामान अलमस्तिर ओछ्यानमा पल्टिएका थिए ।वेखामानको पौरषी छातीमा आफ्नो कोमल हातले सुमसुम्यांऊदा भएको रोमान्च र आफ्ना सुकोमल औंलाहरू यता ऊता गर्दा शरीरमा भएको रक्त संचारबीच वेखामानको छातीमा टाऊको अड्याएर ईन्द्रमती ऊस्को वाहूपासमा रात भरि मस्तले सुतेकी थिई ।त्यसदिन ति दुवैले मिठा मिठा कुरा गरेर रात विताएको सम्झी ईन्द्रमतीले ।

तत्क्षणनै ऊ तन्द्रामा ओर्लि र मन मनै आफैलाई भनी”अव त के साऊन ,के भदौ, के दशैं, के तिहार , कसरी यो जीवन एक्लै काटने होला ?
वेखामान निडर निर्भिक र सुरो थियो । पेशाले छापाखानाको साधाहरण अपरेटर भएता पनि ऊस्मा वौद्धिक खुराकको कमी थिएन ।ऊस्ले काम गर्ने छापाखानामा त्यस ताका भएको जन-आन्दोलनसंग जोडिएका कयौं नेता तथा कार्यकर्ता आऊने जाने गर्थे ।तिनताकाको अवैध घोषित सामग्री वेखामानकै छापाखानामा छापिने गर्थ्यो ।

फाल्गुण महिनाको न्यानो घाममा राजधानी तातेको वेला ,वेखामान एकै छिनमा आएें है भनेर जुलुसमा जान्थ्यो ।यस्तो लाग्थ्यो त्यो आन्दोलनको पूरै जिम्मेवारी ऊस्कै कांधमा छ ।जुलुसमा ऊ सवैभन्दा अगाडि हुन्थ्यो ।

जून जोश र जांगरले वेखामानले जुलुसमा भाग लिएको थियो , त्यही ऊत्साहका साथ काठमाण्डूको नगरपालिका अगाडी आफ्नो वलिष्ठ छातीमा प्रतिक्रीयावादीहरूले चलाएको गोली थापेको थियो ।र ऊस्को प्राण पखेरू ऊडने वेलामा पनि ऊस्को मुखवाट प्रजातंन्त्र अमर रहोस भन्ने शव्द निस्केको थियो ।

यस्तै यस्तै कुरा धेरै वेर सम्म ईन्द्रमतीको मनमस्तिकमा आई राखे ।ऊस्ले पछ्यौरीको फेदले यस्सो आंशु पुछी र आफूसंगै सुतेको स्यानो छोराको कपाल सुमसुम्याई । छोरो मस्त निंदाएको थियो ।ऊस्ले छोराको अनुहार हेरी ‘अहो कस्तो वावु जस्तै दुरूस्त’।पाखुरामा सानो कोठी ठ्याक्कै वेखामानकै जस्तो ।वेखामान र ईन्द्रमतीको एक्लो छोरालाई गाऊंले,छर छिमेकी ‘भाईचा’भनेर वोलाऊथे ।ईन्द्रमतीले छोराको अनुहार धेरै वेरसम्म निहारी रही ।

रातको तेश्रो प्रहर पनि सकिएर न त रात न विहानीको वेलामा झ्यालको झिंनो पर्दावाट आएको ऊज्यालोमा भाईचाको अनुहार एकदमै परिपक्क लोग्ने मान्छे झै लाग्यो ईन्द्रमतीलाई ।ऊस्लाई एकमनले त्यही सुतेको छोरालाई विऊंझ्याएर यसैसित भलाकुसारी गरौं क्यार ।तर त्यो अपरिपक्क वालसुखमा व्यवधान पार्न ऊस्लाई मन लागेन ।

विहानीपख ऊस्को आंखा लागेछ ।भाईचा ऊठी ओरी तल चोकमा भुराहरूसंग खेल्न गएछ ।मस्तसंग निंदाएकी ईन्द्रमतीको अनुहारमा न्यानो राप झ्यालवाट छिरे पछि ऊ विऊंझिई ।छोरा खोज्न तिर लागी ।’कता तिर लाग्यो होला ?’

तल चोकमा साथीहरूसंग खेल्दै गरेको देखेर , ऊस्माथि रीश पनि ऊठ्यो ।छोराको अनुहारमा तीन पत्र मईल जमेको थियो । नाकको सिंगान भरखरै कमीजको वाहूलाले पोतेको टाटो लागेको थियो । ईन्दमती माथिवाटै कराई’भाईचा, थन वा, याकन वा ‘

त्यसपछि ऊ माथि वुईगलकोठामा गई र चामल राख्ने घ्याम्पो यस्सो ऊघारेर हेरी ।अव मुश्कीलले १०/१५ छाक भन्दा वढीलाई पु्ग्ने अन्न थिएन ।नापेर डेढ मुठी चामल चूल्होमा डराई डराई वसाली र एक छेऊको पिरूकामा थचक्क वसी ।

भाई’चा पनि खेल्दा खेल्दा थाकेर आमाको काखमा आएर वस्यो भन्यो ‘आमा एकदमै भोक लाग्यो ‘
ईन्द्रमतीले छोरालाई फकाई,फुल्याई राखी र एकै छिन पछि थालमा अलिकति जाऊलो पस्की दिई ।
भाई’चालाई खाना मिठो लागिराखेको थिएन ।तै पनि केही नवोली चुपचाप खांदै आमा पट्टी हेरेर प्रश्र्न गऱ्यो -‘आमा, वा कस्तो हुनुहुन्थ्यो ?’
ईन्द्रमतीले ज्यादा ऊत्साह नदेखाऊंदै भनी-कस्तो भनौं अव…..राम्रो !
को जस्तो ? प्रेमदाई जस्तो कि राजूदाई जस्तो ?
ईन्द्रमती वालखको मुखवाट यस्तो गम्भीर प्रश्न सुनेर छक्क पर्दै भनी-‘तिमी जस्तो वावु ‘
जिज्ञासु छोराले फेरि सोध्यो ‘आमा वा लाई के भ’को थियो ?’
‘यो नयां लुगा कस्ले दिएको ?’

ईन्द्रमतीलाई त्यो वाल प्रश्नले झिंझो लागेछ र झर्कदै भन्न थाली -‘अव धेरै नवोली खाऊ मलाई संचो छैन ।’आमा झर्केको देखेर भाई’चा अचानक गम्भिर भयो ।खेल्दा ऊफ्रंदा ऊस्का पिंडौंला , पाईतला एकदमै थाकेका थिए ।तै पनि ऊ निदाऊन सकीरहेको थिएन ।
रात परे पछि दुई जनाको भान्सा सकेर चुल्हो पोतेर धन्धा सवै सिध्याएर ईन्द्रमती विछ्यौनामा यस्सो पल्टी र छोरा पट्टी हेर्न थाली ।तर अचम्म छोरा अझै निंदाऊन सकेको थिएन ।

ईन्द्रमतीले छोराको कपाल सुमसुम्याई र सोधी-‘वावु निन्द्रा परेन ?’
भाई’चाले भन्यो-‘आमा आज निन्द्रै परेन । फेरि एक्कै छिन के सोच्यो कुन्नी र आमालाई कौतुहलवस सोध्यो -‘आमा , प्रजातन्त्र भनेको के हो ?’
-‘आमा,वा ले प्रजातन्त्र ल्या को रे , प्रजातन्त्र ल्याएर कहां राख्नु भको छ ?
खै..मात्र भन्न सकी ईन्द्रमतीले ।त्यो वालजिज्ञासाको जवाफ ऊसंग थिएन ।
भाई’चाले फेरि सोध्यो-‘आमा तपाईं किन रूनु हुन्छ ?’
प्रश्न थपियो ‘ यो तकिया किन भिजेको आमा ?
‘वा कहां जानु भो ? मरेर कहां पुगिन्छ ?’

आदि ईत्यादि अनेकौं प्रश्नहरूको जवाफ दिन ईन्द्रमती तयार थिईन ।तर, भाईचाले आज ईन्द्रमतीलाई बडो असमनजस्यमा पारीदिएको थियो ।ईन्द्रमतीसंग यी तमाम प्रश्नको छोरालाई चित्त वुझाऊने जवाफ थिएन ।तर भाई’चाको मन एकदमै आन्दोलित थियो । ऊस्का जिज्ञासु आंखावाट भावुक प्रश्नहरु झल्की रहेका थिए ।ऊस्ले यी सारा जिज्ञासाको समाधान नभै ननिदाऊने निर्णय गरे जस्तो गऱ्यो । तर ईन्द्रमतीसंग चित्तवुझ्दो जवाफ थिएन । ऊ नाजवाफ थिई ।

हुनत: राजनिति वृतमा ऊ शहीदकी पत्नी भनेर चिन्हिन्थी ,तर यो परिचयवाट ऊस्लाई प्रसन्नता मिल्दैन थियो ।ऊस्लाई वाटो घाटो ऊ त्यही हो वेखामान की स्वास्नी .. विचरा…कठैवरा भनेर ईंगित गर्दा कता कता ऊस्को मनमा चसक्क लाग्थ्यो ।यस्को थुप्रै कारणहरू थिए, त्यस मध्ये प्रमुख चाहीं वेखामान जस्तो स्वाभिमानी मान्छेको अर्धाड्गिनी भएर पनि वदलिएको परिवेशमा आफू चिन्हिनु पर्दा एऊटा वेसहारा विचरी,विधवी कहलिंन ऊ एकदमै तयार थिईन ।केही दिन अघि मात्र वेखामानले शाहदत पाएको छैठों वर्ष केही सुकिला,चिल्लो अनुहार हुनेहरू आएर ईन्द्रमतीको हातमा ऊस्ले नाई पर्दैन भन्दा भन्दै पनि कर गरेर पचासहजारको थैली वुझाएर गएका थिए ।भाई’चालाई एकजोर नयां लुगा पनि ल्याई दिएका थिए ।एऊटा वोर्डिड्ग स्कूलले आधा फीस माफ गरेर भर्ना गरिदिने प्रस्ताव पनि राखेको थियो ।

तर ईन्द्रमतीलाई लाग्यो यो सवै वेखामानको पौरष र वलिदानको अवमूल्यन हो ।वेखामानको त्याग आफ्नो लागि नभएर , यो समाजको वर्तमान र भविश्यका पुस्ताको लागि भएको थियो ।सामुहित हक हितका लागि गरिएको व्यक्तिगत वलिदान !

ईन्द्रमतीलाई त्यो दिईएको पचास हजारवाट एक पैसा पनि खर्च गर्ने श्रद्धा जागेन ।त्यो थैली त्यसै कन्तुरको एक कुनामा थन्काई दिएकी थिई ।वेखामानको प्राण ऊत्सर्गको मोल पैसाले चुक्ता गर्न सकिन्छ र ?
ऊस्लाई यस्तै प्रश्नहरुले दिनहु सताई रहन्थे ।

एकै छिनमा थाकेको भाई’चा मसक्क निदायो ।ईन्द्रमतीले एऊटा पातलो दोलाई छोरालाई ओड्याई दिई र ऊस्को अनुहार निहार्न थाली ।किन हो कुन्नी आज ऊस्लाई आफ्नो छोरा एकदम परिपक्क मान्छे भएको अनुभूति भयो ।ऊ भूतभूताई’यो वालख भएर पनि कस्तो परिपक्कझै कुरा गर्छ ।कुरा गम्दै छोराको अनुहार निहारी र सोची”-यो कमलो शरीर यो वान्की मिलेको अनुहार, तेजिलो स्वरूप कस्तो ऊस्को वावु जस्तो “

ईन्द्रमती जुरूक्क ऊठी,अंखरामा भरी राखेको पानी घट् घट् खाएर कोठाको भित्तामा झुन्डाएर राखेको एेनामा आफ्नो अनुहार हेरी।ऊस्का ऊच्च ललाटमा पैले पैले विंन्दी लगाऊंदा कस्तो खुल्थ्यो ।एकचोटी वेखामानले चालमारेर पछाडिपट्टीवाट च्याप्दै को हो चिन्ह त भनेर लाडिएको घटनाको परिदृश्यहरू ऊस्को आंखा अगाडि आएर नाच्न थाले ।

पछाडिपट्टीवाट च्याप्दै ल्याएर वेखामानका वाहूपासमा ऊस्का पौरषी छातीवाट धकेलिएको आफ्नो पिठ्यू र ऊस्ले मस्किदै आफ्नो चिंऊडो ऊस्को आंड्गमा अड्याईंदा फेरिएको तातो श्वास र रमाईलो वयस्क ठटौली सम्झेर ईन्द्रमती एकपलको लागि रोमांन्चित भईदिई र ऊस्ले मनमनै भनी-‘यो जिन्दगी’!
भोलीपल्ट विहान भाई’चा चांडो ऊठन सकेन ।ईन्द्रमतीले ऊस्को ललाटमा आफ्नो हत्केलाले छामी ।अलिक ज्वर आए जस्तो रहेछ । ऊस्ले छोरालाई ऊठाऊने मन भएन ।र तल प्रेमदाईको पसलतिर लागी ।

प्रेम त्यहीं तल चोकको चामल पसलेको अधवैंसे छोरा थियो ।असाध्यै वाकपटु र समसामयिक राजनितिमा चाख राख्ने मानिस थियो प्रेम ।
प्रेम वेखामान भन्दा ५/६ वर्ष ठूलो थियो ऊसलाई वेखामान लगायत सवैले प्रेमदाई नै भनेर वोलाउंथे ।एकदम आकर्षक व्यक्तित्व भएको प्रेमले प्रजातंन्त्रको पुनर्स्थापना पछिको परिवर्तित अवस्थाको भरपूर फाईंदा ऊठाई रहेको थियो ।ऊग्र नारा र शोषणको विरूद्ध लछ्छेदार भाषण गरेर त्यो गरीवहरूको वस्तीमा ऊ ज्यादै ठूलो क्रांन्तिकारी वन्ने गर्थ्यो ।तर, यो वाकपटु प्रेमले प्रजातंन्त्रलाई यसरी आफ्नो स्वार्थको निम्ति प्रयोग गर्दैछ भन्ने कुराको अनुमान कसैले पनि लगाऊन सक्दैनथ्यो ।

जन आन्दोलनताकाको त्यो सांझ वेखामानलाई गोली लाग्नु एकै छिन अघिसम्म त्यही प्रेमदाई , राजू र अरू थुप्रै मजदूरसाथीहरू पाकोको त्यो गल्लीवाट नारा लगाऊंदै अघि वढेका थिए र विपरीत दिशा तिरवाट दुई ट्रक सैनिकहरू गर्ल्याम्म गुर्लुम्म ओर्लिएर अटोमेटीक मेसिनगनले गोली वर्षाऊन थाले ।त्यहीं एऊटा गोली वेखामानको छातीमा लागेको थियो ।गोली चलेको चाल पाए पछि त्यो प्रेम ज्यान जोगाएर गल्ली गल्ली हुंदै घरसम्म पुगेको थियो ।
यो घटना घटे पछिको तरल वेलामा प्रेमको मान झन वढेर आयो, कुन राजनैतिक हथकण्डा प्रयोग गऱ्यो,त्यो ऊही जानोस ।मर्नेलाई शहिद भने र वाच्नेहरूले प्रजातनंत्रलाई आफू अनुकूल परिभाषित गरे ।त्यसैको ऊत्सवमा प्रेम पनि पुरा सरिक भयो ।विस्तारै ऊस्को अनुहार र चालढालमा पनि परिवर्तन आऊन थाल्यो ।हेर्दा हेर्दै ऊ रातो पिरो दनदनाऊदो देखिन थाल्यो ।

अव ऊस्को व्यवहार वदलियो । वेखामानाकी विधवीसंग वात मार्दा पनि ऊस्लाई घरि घरि नाडीमा वांधिएको घडी पट्टी हेर्नु पर्ने भयो । समय नै थोरै भयो,धेरै ठाऊमा पुग्नु पर्ने भयो । विजयोत्सवको त्यो ऊन्मादलाई जतिसक्दो चांडो ऊपयोग गर्नु पर्ने थियो प्रेमलाई ।
विहान ८.१५मा ऊदघाटन,९.१५ मा जलपान,१०.३०मा एन. जि,ओ. संगको मिटिंड्ग ,११.३०मा डोनरसंगको एप्वांईन्टमेंन्ट १२ बजे फईनेन्स कम्पनीको ऊदघाटन,१२.४५ मा चियापान २ बजे मंत्रालयमा मिटिंड्ग,४ बजे जलपान वेलुकी ६ वजे भेटघाट,९ वजे डिनर…

ईन्द्रमतीलाई देख्ने वित्तिकै औपचारिकतावश प्रेमले हात जोडदै भन्यो-‘ अहो भाऊजु कस्तो छ ? छोरा खोई ?ऊस्लाई कस्तो छ ?’
ईन्द्रमती जस्तरी अत्तालिंदै ऊ निर पुगेकी थिई ,प्रेमको मिठो वोलीले गर्दा कुनै पनि कटु कुरा गर्न असमर्थ भएकी थिई ।ऊस्ले विस्तारै भनी-‘अरू त ठीकै छ प्रेमदाई ,तर आज विहानैवाट भाई’चालाई निस्लोट ज्वर आको छ, मसंग रूपैया पैसा छैन,कसरी डाक्टरकोमा लैजाने होला ?घरको अवस्था सवै तपाईलाई थाहै छ !

ईन्द्रमतीले आफ्नो दुखेसो पुरा विसाऊन पनि भ्याएकी थिईन,प्रेमले देव्रे हातमा वांधेको घडी तिर हेर्दै भन्यो-‘मलाई अहिले वनेपासम्म पुग्नु छ,भन्दै कोटको भित्री खल्तीवाट दुईसय रूपैया ईन्द्रमतीको हातमा राखिदिएर -‘भाऊजू त्यो पचास हजारको थैलीवाट पनि यस्सो गर्दै गर्नु भए पनि त हुन्छ…..यस्तै वेलाको लागि त…..भन्दै हतार हतार गरेर हिड्यो ।
ईन्द्रमतीले यो परिदृश्यलाई वडो भावपूर्वक हेरी रही ।प्रजातन्त्र पछि यस्तैको हालीमूहाली त छ नि ! केही गम्भिर प्रश्न ऊठायो भनें -के गर्नु देशनै कंगाल थियो
.
..यो कंगाल देशको अर्थव्यवस्थाको कति थोक गर्न सकिन्छ खै ?भन्ने जवाफ पाईन्छ ।
ईन्द्रमती एकप्रकारले लाचार थिई, मन नलागे पनि ऊस्ले त्यो दुई सयको नोटलाई तत्कालै नकार्न सक्ने थिईन ।अाज भाईचाको वावु वाचेको भए, प्रेसको काम चांडै सिध्याएर छोराको शीरानमा आएर वसीरहन्थ्यो । ईन्द्रा यसो गर, ईन्द्रा ऊसो गर भन्ने गर्थ्यौ ।आफै पनि अघि सरेर कतिपय काम सघाऊने गर्थ्यो ।तर आज -एऊटी विधवी,विवश भएर भाई’चाको टाऊकोमा हत्केलाले सुस्त सुस्त मिच्दै एकतमासले टोलाई रहेकी थिई ।

त्यस रात कुनै सामान्य ज्वरो होला भनेर कुनै डाक्टर वैधलाई गुहारीन । भोलीपल्ट ज्वरो अलि कम भएर आयो । ज्वरो कम हुने वित्तिकै भाई’चा चकचक गर्न थाल्यो ।तल चोकमा गएर खेल्न ढिपी गर्न थाल्यो ।ईन्द्रमतीले कत्ति फकाऊंदा पनि वच्चाले मानेन ।

दिऊसोको वेला ईन्द्रमतीलाई के गरौं के गरौं भई रहेको थियो ।ऊस्ले आज विहानको अखवार पल्टाई र राषीफल हेर्न थाली ।आजको दिन एकदम राम्रो हुने लेखेको रहेछ ।पराक्रम वढने ।अहो कसरी पराक्रम वढने होला ? शहीद हुने विहानको अखवारको राषीफलमा वेखामानको पराक्रम वढने भनेरै लेखेको थियो ।त्यही देखाऊंदै वेखामानले ईन्द्रमतीलाई भनेको थियो – ईन्द्रा हेर त मेरो राषिफल …मेरो पराक्रम बढने रे आज !
ईन्द्रमतीले ऊस्को हौसला वढाऊंदै भनेकी थिई-“ लोग्नेमान्छेको भाग्यको के थाहा ?”

दिऊसो महिलालाई त्यसै पनि पट्याई लाग्ने खालकै हुन्छ , पढदैं गरेको अखवार पट्याएर एक छेऊमा राखेर ईन्द्रमती भूंईमा त्यसै पल्टी ।
एक डेढ घन्टा पछि ऊस्को आंखा खुल्दा भाई’चा पनि छेवैमा आएर पल्टिएको रहेछ ।ज्वरोले गर्दा ऊस्को शरीर आगो वलेझै तातो थियो ।ईन्द्रमतीले आफ्नो हत्केलाले ऊस्को निधार छामी, निस्लोट ज्वरोमा भाई’चा कुनै अस्पट शव्द भूतभूताई रहेको थियो ।

ईन्द्रमती एकदमै अत्तालिंदै तल ओर्लि र प्रेमको घर तिर लागी ।माथिल्लो तलामा एऊटा पाटो ऊघारेर प्रेम आफ्ना दुई चार जवान कार्यकर्ता सित चूनावी रणनितिवारे कुरा गर्दै रैछ ।ईन्द्रमतीलाई देख्ने वित्तिकै एकदम अदवका साथ नमस्कार गर्दै संचो विसंचो सोध्न थाल्यो र छोरालाई कुनै राम्रो डाक्टरकोमा लैजान भन्यो ।

प्रेमले ईन्द्रमतीलाई हत्तोत्साहित गरेन ।तर किन किन ईन्द्रमती भने अत्तालिएकी थिई ।छोरा वेखामानको नासो थियो ।ऊस्लाई अलिकति ठेस मात्र लागे पनि ऊ अत्तालिन्थी , विचलित हुन्थी ।

साझं डाक्टरसित देखाऊंदा , डाक्टरले वडो शिस्टताका साथ भनेका थिए, ‘हेर्नुस, वच्चालाई थुप्रै टेष्टहरू गर्नु पर्ने भएको छ,तपाई ऊस्लाई लिएर अस्पताल जानुस ,म चिठ्ठी लेखी दिन्छु । तपाईलाई कुनै प्रकारको अपठ्यारो पर्दैन ।

ईन्द्रमतीले ‘हुन्छ’ भनी र भाई’चालाई लिएर अस्पताल तिर लागी ।

अस्पतालमा एऊटा वेड पनि खाली थिएन ।चर्पिमा पानी आऊंदो रहेन छ ।दुर्गन्धले गर्दा पुरै वातावरणनै नारकीय परिवेशमा वडो दयनिय स्थितिमा थियो ।छोरा घरि घरि ‘आमा गन्हायो, आमा वान्ता आऊन लाग्यो भन्थ्यो ।ईन्द्रमतीसित भाई’चाको चित्त वुझाऊने कुनै शव्द थिएन ।वेड खाली नहुन्ज्याल त्यसै भूंईमा पछारीनु पर्ने वाध्यता , शौचालयवाट निस्केको गन्धलाई माथि मन नलागी नलागी घुमिरहेको पंखाले हटाऊन सकेको थिएन ।एकै छिन पछि एऊटा ठूलो जुलुस आए जस्तो कानै फुटाऊला जस्तो भएर आयो ।

ईन्द्रमतीले झ्यालबाट यस्सो च्याएर हेरी ,डुंगुर फोहरको थुप्रोलाई अगाडि पारेर दुई थरीको जुलुसमा भनाभन भै रहेको रहेछ ।
त्यो फोहरको थुप्रोको राजनितिले विकराल रूप लिएको थियो ।दुवै तर्फका ठीटाहरू हातमा ढुंड्गा लिएर एक अर्कालाई प्रहार गर्न आतुर थिए ।
हानाथापले गर्दा फोहर सडकभरि छरिएको थियो ।भूस्याहा कुकूरको चूंडीएको आन्द्रा सडकको एक छेऊवाट अर्को छेऊ सम्म तानिएर सडकलाई विभत्स वनाएको थियो ।ईन्द्रमती भुतभुताई “हेर यो गाई जात्रा”

जुलुसमा नारा,र ढूंगा मुढाले निक्कै ऊग्ररूप लियो ।एक थरी भन्दै थिए-‘देश लुटन पाईदैन,…फोहरको राजनिति गर्न पाईदैन ।अर्का थरी ऊस्तै ऊग्र भएर प्रत्यूत्तर दिंदै थिए ।

एकैछिन पछि एऊटा केटौले डाक्टरले भाई’चालाई यस्सो जांच्यो र एकदम सामान्य ज्वरना़शक किनेर ल्याऊन भनेर एऊटा पूर्जि ईन्द्रमतीको हातमा राखि दिएर यो तुरन्त किनेर ल्याऊन भन्यो ।

ईन्द्रमतीले डाक्टरसित ‘यति जावो दवाई पनि अस्पतालमा छैन ?भनी सोध्ने दुस्साहस गरि ।
डाक्टरले ओंठ लेव्राएर यो प्रश्र्न मलाई गर्ने हैन, सुपरिटेन्डन्टलाई गर्ने भन्दै च्याठ्ठीएको जवाफ दियो ।

त्यो केटौले डाक्टरले झपारेको भाषामा जवाफ फर्काएको हुनाले ईन्द्रमतीलाई मनको एक कुनामा कता कता डर लागी रहेको थियो ।अव त्यो डाक्टरले अरूलाई पनि गएर भन्ने होला, व्यर्थै त्यस्तो कुरा सोचेंछु नी भन्दै ऊ पछताऊन थाली ।

शायद ज्वरो सोचेको जस्तै साधारण नै रहेछ ।केही दिन स्याहार गरे पछि छोरोलाई संचो भयो ।भाई’चालाई विषेक भए पनि एकदमै भारी मन लिएर ईन्द्रमती घर फर्केकी थिई ।

घर फर्केको भोलापल्ट विहान ऊ चांडो ऊठन सकिन ।भाई’चा पनि अरू दिनझै चक चक गर्न चोक तिर गएन ।अवेर ऊठेर ऊस्ले झ्यालवाट वाहिर च्याऊन थाली ।पहाडमा धमिलो वादलले छोपेका छाप्राहरू हेर्न थाली ।

तल सडको कन्टेनरमाथि रांगाको काटिएको काम नलाग्ने खुट्टाको भाग तेर्सिएको रहेछ ।कन्टेनरयाट सिनोको नमिठो गन्ध वीच भाई’चाको निन्द्रा पनि खुलेछ ।ऊस्ले आमा तिर फर्केर प्रश्र्न गऱ्यो-‘आमा के गन्हाएको ?’

ऊस्लाई सवथोक गन्हाई रहेको छ,देश नै गन्हाईरहेछ भन्न मन लागिरहेको थियो ।तर त्यो भनेको वालखले वुझ्दैन होला भन्ठानेर” वावु सडेको सिनों गन्हाएको भनेर टारी दिई ।

यसपाली ईन्द्रमती प्रष्टैसंग भुतभुताई”कस्तो प्वाल परेको प्रजातन्त्र !”स्कूल जाऊ ऊस्तै, कलेज जाऊ ऊस्तै , सडकवाट हिड ऊस्तै “
ऊस्लाई सारै विरक्त लाग्यो र त्यो राजनैतिक पिडितको संस्थावाट पाईएको पैसाको थैली आफ्नो कन्तुरवाटनिकालेर प्रेमको कोठा तिर लागी ।
प्रेम कोठा भित्र आफ्नो पर्टिका साथीहरूसंग वसेर गफ चुटदै रैछ ।

ऊस्ले प्रेमसित कुनै तर्क वा विवाद गर्न तिर लागीन ।आफ्नो लोग्नले प्रांण नै वलिदान दिएर त खोल्न नसकेको आंखा, आफ्ना दुई चार कटु वचनले के खोल्न सक्ला खैकन्तुरवाट झिकेर।ऊस्ले प्रेम सित कुनै विवाद वा तर्क गर्नु ऊचित ठानिन ।आफ्नो लोग्नेले प्रांणकै वलिदान दिएर त खुलाऊन नसकेको आंखा आफ्ना दुई चार कटु कुराले के खुलाऊन सक्लान र खै !ऊस्ले त्यो पैसाको थैली प्रेमको हतमा राख्दै भनीराख्दै भनी” दाई मलाई यो थैली चाहिएन अव .. यो आफूले लिंदा मलाई पाप लाग्ने डर लाग्छ।” प्रेम निरूत्तर भएर चुपचाप टोलाई रह्यो ।ऊस्ले केही भन्नै भ्याएन ।ईन्द्रमती लम्केर वाहिर निस्की ।

दिनभरि ऊस्को टाऊको दुखी रह्यो । छोरो पनि आज किन हो कून्नी चोक तिर घुम्न गएन ।ऊ आमाकै छेऊ छाऊमै वडो गम्भिर भएर केही सामान्य खेल्नेकुरामै भूली रह्यो ।वाल मनोविज्ञानले जटिल कुरा वुझिरहेको थिएन ।

रात परे पछि धेरै वेर सम्म ईन्द्रमतीलाई निन्द्रा परेन ।ऊ ओल्टो पल्टो गरि राखी ।भाई’चा पनि निदाऊन सकेन ऊस्ले सोध्यो’ आमा निन्द्रा परेन ?
ईन्द्रमतीले केही नवोली छोराको टाऊको सुमसुम्याऊन थाली । ऊस्काआंखावाट वलिन्द्र धारा आंशु वगिरहेका थिए । आफ्नो सानो कमलो हत्केलाले भाई’चाले आमाको आंशु पुछ्यो र भन्यो -आमा किन रोएको ?……म छदैछु नि ..आमा नरूनुस ।

ऊस्ले जानी नजानी आमालाई फकाऊन थाल्यो ।

ईन्द्रमती वडो भाव विह्लल भएर छोरालाई अंकमाल गर्दै घुक्क घुक्क रून थाली ।

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया