कोमल गजल:-

इनेप्लिज २०७६ जेठ ५ गते १७:३६ मा प्रकाशित
बित्ने भो जिन्दगी परितापमा
बेकारै होमियो अभिशापमा
 
डस्दैछन् बेसरी व्यवधानले
घिच्चिन्छन् पाइला करकापमा
 
बेतोडै दौडिएँ सुख खोजँदै
गम्र्याङ्ङै जाकिएँ अति धापमा
 
हल्लामै मच्चिएँ नबुझी कन
यो पूरा देह नै छ धरापमा
 
देख्दैनौ यातना परदेशको
के सोच्छौ मित्रहो फलिफापमा ?
 
लेखा हो कर्मको किन टर्छ र
को सुन्ला वेदना छु विलापमा ?
 
सूत्र – SSS SlS llS lS
गण – म र स ल.गु.
विश्राम – ६ अक्षरमा
 
– कोमल भट्ट
च.न.पा-१३ पुरानो नैकाप,
काठमाडौँ
हाल:- न्युयोर्क
©[email protected]

प्रतिक्रिया