नेपालबाट चीनको झण्ड हटाउन माग, भोटाहिटीमा बबण्डर

इनेप्लिज २०७६ वैशाख २८ गते ८:३४ मा प्रकाशित

काठमाडौं, २८ वैशाख । काठमाडौंको भोटाहिटीमा चीनले पुनः निर्माण गरिरहेको दरबार हाइ स्कुल निर्माण स्थलमा चीनले झण्डा गाडेर काम गरेको छ ।

निर्माण स्थलमा गाडिएको चीनको झण्डा देखेर स्थानीयहरू बिरोध जनाएका छन् । राष्ट्रियको हित विपरित निर्माण स्थलमा गाडिएको झण्डालाई हटाउन स्थानीयले प्रशासनसँग माग समेत गरेको छ ।

निर्माण स्थलमा पुगेको एक स्थानीयले भने, ‘संसारमा कही नभएका कानून हाम्रो देशमा देखिरहेको छु ।’ चीनले निर्माण स्थलमा गाडिएको झण्डाको बारेमा राष्ट्रले बोल्न नसक्नु दुखद रहेको बताए ।

चीनले नेपालमा निर्माण गरिरहेको निर्माण स्थलहरू कब्जा गर्ने दृष्टिकोणले यस्तो झण्डा राखेको हुन सक्ने एक स्थानीयले बताए ।

काठमाडौंको बानेश्वरमा चीनले निर्माण गरेको आकाशे पुलमा पनि नियम विपरित नेपाल–चनीको सहयोग लेख्नुपर्ने ठाउँमा चीन–नेपालको सहयोग लेखेको भनेर विरोध भएको छ ।

चीनले नेपालमा आफ्नो प्रभाव बढाउन रणनीति ढंगले निर्माण स्थलहरूमा एकलौटी ढंगबाट चिनियाँ झण्डाहरू राख्ने गरेको आरोप छ ।

प्रतिक्रिया